विभेद रोक्न नेपाल वायू सेवा निगमभित्र क्याविन क्रुको घेराउ

काठमाडौं । नेपाल वायू सेवा निगममा अन्याय र विभेद भएको भन्दै सोमबार कर्मचारीहरुले निगम परिसरमा व्यवस्थापन विरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि कार्यरत क्याबिन क्रुहरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध साँधेको भन्दै विरोध गरेका हुन् । 

झण्डै ५० जना कर्मचारीहरुले सोमबार विहान कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टि बाँधी प्रदर्शन गरेका थिए । सर्वोच्च अदालतले केही महिना अघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेद्भाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशको अवहेलना गर्दै क्याविन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि छाएको थियो । निगमभित्रका १७२ जना क्याविन क्रु (एयरहोस्टेज) अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले उक्त मुद्धालाई प्राथमिकता दिँदै कर्मचारीहरुमाथि विभेद रोक्न, मुद्दा हालेकै कारणले पूर्वाग्रह नराखी काम गर्न अन्तरिम आदेश दिएको थियो ।

कर्मचारीहरुले पर्यटन मन्त्री बद्री पाण्डेलाई समेत भेटी भेदभाव रोक्नका लागि आवश्यक पहल गर्न सुझावपत्र दिएका थिए । सर्वोच्चमा समेत यो विषयमा मुद्दा विचाराधिन रहेकै अवस्थामा कार्यकारी अध्यक्ष अधिकारीले पूर्वाग्रहपूर्ण ढंगले कारवाही थालेको थियो । 

सोमबार निगम परिसरमा कर्मचारीहरुले सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद रोक, दमन गर पाइँदैन जस्ता प्ले कार्ड समेत बोकेका थिए । निगमभित्रको अनियमितता, भ्रष्टाचार र वेथितिबारे राज्यका अन्य निकायले छानवीन गरिरहेका बेला कर्मचारीमाथि विभेद सार्वजनिक भएको हो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।