बाढीले घाट घर बगाएपछि स्थानीयहरुमा चित्ता सहित वेपत्ता वनेका शवहरुको सम्झना !

बिशाल बस्नेत,महेत्तरी ।   २०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा-३ का युक्ति ढकालको मृत्यु भएपछी घाटमा चित्ता राखेर जलाउन ठिक वनाउदा एक्कासी आएको बाढीले शव नै वेपत्ता वनाएको गाँउलेहरूले अझै बिर्सन सकेका छैनन ।

२०७८ सालमा समेत गाँउ कै एक जना विकको शव वगाउदासम्म दाहसंस्कार नै नगरी बाढीले एक दर्जन भन्दा बढी शवलाई निलेको रेकर्ड छ ।

भालुजोरा खोला र  टुटेश्वर खोलाको दोभानमा रहेको यो घाटमा दाहसंस्कारको लागि लैजादा वगाउने  क्रम निरन्तर चलेपछि २०८० सालमा स्थानियहरुले आफै तटवन्धन लगाएर एउटा घाट घर वनाएका थिए ।

तर  केहीदिन अगाडी आएको बाढीले यसलाई पूर्णरुपमा क्षतिग्रस्त वनायो भने तटवन्धन लगाएका ठाँउहरु वगाएर बगरमा परिणत भए ।
टुटेश्वर मन्दिरवाट ५ सय मिटरमाथी रहेको यो घाटलाई बर्दिवास-१०, ११ र ५ का झन्डै ११ हजार जनसंख्याले प्रयोग गर्ने गर्दछन् । 

त्यसैले वाढीले चित्तासहित निलेको आफन्तहरुको शवलाई आँखै अगाडी देखेका स्थानीयहरू उँही पुरानो नियति दोहोरिने चिन्ताले अहिले सरोकारवालाहरुसँग सहयोगको अपिल गरिरहेका छन् ।

‘हिन्दु परम्पराअनुसार दांहसंस्कार अनिवार्य हो तर घाट नै असुरक्षित भएपछी चित्तामा राखेको शवलाई नै खोलाले वेपत्ता वनाउछ भने त्यो भन्दा नराम्रो के हुन् सक्ला र ?’ स्थानीय विष्णुदेव भण्डारीले प्रतिप्रश्न गर्दै भने । ‘स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकारले यसमा गम्भीर ध्यान देओस ।’

२०८० साल फाल्गुनमा  बिष्णुदेव उपाध्यायको संयोजकत्वमा स्थानियहरुले चन्दा उठाएको १२ लाख र प्रदेश सरकारले दिएको १५ लाख गरी २७ लाखमा वनाएका २ वटा घाट घर र तटवन्धन क्षणभरमा नै क्षतिग्रस्त वने ।
यसरी एक बर्ष पनि नपुग्दै क्षतिग्रस्त वनेपछि पुन:निर्माण कसरि गर्ने भन्ने स्थानियहरुमा थप चिन्ता थपिएको हो  ।

 वडा नं.११ का लक्ष्मी प्रसाद चौलागाँई अव पुन: स्थानियहरुको नै चन्दावाट निर्माण सम्भव नभएको वताउछ्न । ‘स्थानियहरुले पहिले जसरी नै उठाएर वनाउन सकिने अवस्था छैन यसको लागि सरकारले हामरो समस्यालाई महसुस गरिदेओस ।’ चौलागाईले भने । ‘नत्र त्रास-त्रासमा नै वाच्नुपर्ने अवस्था रहन्छ ।’

वडा नं १० का पुर्व अध्यक्ष धनलाल श्रेष्ठ पनि परम्पराअनुसार चल्दै आएको दांहसंस्कारलाई ढुक्क हुने वातावरण सिर्जना गरिदिन सरोकारवालाहरुलाई आग्रह गर्दछन । वैकल्पित घाट पनि नभएको हुनाले पुन: निर्माण अविलम्ब हुनुपर्ने उन्को भनाई छ ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।