च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने

काठमाडौं, २४ असोज । नेकपा एमालेले कीर्तिपुर–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ । 

 

बल्खुको भवन भुकम्पले भत्काए पछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थान्तरण हुदैँ आएको पार्टी कार्यालय अब किर्तिपुरमा निर्माण गरिन लागिएको हो ।  

आज अपरान्ह  बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो । जसको भोली शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।

 

शुक्रबार १२ बजेर २५ मिनेटको शुभ साइतमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । सो स्थानमा झन्डै १२ रोपनी जग्गा रहेको छ ।

 

च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक मनोहराको पानी पसे पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको हो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।