पाख्रिबासमा बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाइंदै
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाइने भएको छ ।
नपाका महिला स्वास्थ्य स्वयम सेविकाहरुबाट कार्तिक २ र ३ गते ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन “ए” तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने र ६ महिना देखि २ वर्ष सम्मका बालबबालिकाहरुलाई बालभिटा वितरण गरिनेछ ।
आ-आफ्नो बालबालिकाहरुलाई पायक पर्ने केन्द्र / ठाउँमा नियमित खोप कार्ड सहित लानु हुन नपाद्वारा जारी सुचनामा उल्लेख छ ।


