जनस्वास्थ्यकर्मी महासंघद्वारा अस्पतालको मेसु डा. राई कुटिएको घटनाको विरोध

विराटनगर । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल कोशी प्रदेशले इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष राईमाथि भएको आक्रमणको विरोध गरेको छ ।

गत शनिबार स्वास्थ्य कार्यलय, सुनसरीका प्रमुखसमेत रहेका डा. राईलाई उनको कार्यकक्ष भित्रै हातपात तथा अमर्यादित गाली गलोज भएको थियो । सो घटनाप्रति आपत्ती जनाउँदै प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशका इन्चार्ज अन्जना पोखरेल र अध्यक्ष एकराज खत्रीले एक विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।

‘अहोरात्र जनताको स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि अराजक व्यक्तिहरुबाट निरन्तर भई रहेका यस प्रकारका अमानवीय क्रियाकलाप, अभद्र व्यवहार तथा ज्यादतीको महासंघ घोर निन्दा एवंम भर्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

आक्रमण गर्नेहरू माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि ऐन २०६६ (पहिलो संसोधन २०७९) तथा अन्य प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । ‘अमर्यादित गाली गलोज, हातपात तथा आक्रमण गर्ने माथि हदैसम्मको कारवाहि गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उचित न्याय दिलाई सुरक्षाको प्रत्याभुति सहित निर्वाध रुपमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै सरोकारवाला सँग प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । डाक्टर राईलाई बिरामीको उपचारमा लापरबाही गरेको भन्दै एक समूहले कार्यकक्षमै पुगेर आक्रमण गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।