धनकुटामा संचालित निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरको खर्च विवरण सार्वजनिक
धनकुटा,१२ कार्तिक । धनकुटामा गतबर्ष अलोहवा मेडिकल मिसनको प्राविधिक सहयोग तथा आयोजनामा भएको निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरको मुल आयोजक समिति धनकुटाले खर्च विवरण सार्वजनिक गरेको छ ।
अलोहा मेडिकल मिशन हवाइ अमेरिका बाट आएका चिकित्सक टोली गत बर्ष धनकुटामा असोज १ गते देखि २१ गते सम्म निःशुल्क बृहत् शल्यक्रिया स्वाथ्य शिविर संचालनमा भएको कार्यक्रमको समिक्षा तथा खर्च विवरण सार्वजनिक गरेको हो ।
समितीले एक कार्यक्रमका बिच शिविरमा १ हजार २ सय ४ जनाको शल्यक्रिया तथा ९ सय २३ जनाको स्क्रिनिङ्ग गरेको मूल आयोजक समितीका संयोजक रोषेश श्रेष्ठ जानकारी दिनु भयो ।
शिविर संचालनका लागि २१ लाख १७ हजार खर्च भएको अहिले सम्म विभिन्न सहयोगी निकाय बाट १४ लाख १९ हजार प्राप्त रहेको र करिब ७ लाख ३० हजार रुपैयाँ सहयोगि निकाय बाट प्राप्त हुन बाँकी रहको आर्थिक विभाग प्रमुख दोर्णप्रसाद गुराँगाइले जानकारी दिनु भयो ।


