तिहार जीवनमा उज्यालो छर्ने चाड : प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताउनुभएको छ ।
भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्नुभएको छ ।
भाइटीकाले दिदीबहिनी र दाजुभाइबिच थप स्नेह जागृत गर्ने उहाँले विश्वास लिनुभएको छ । ‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान पर्व भाइटीका, समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश दिनुभएको छ ।


