धनकुटाको विश्रान्तीमा पहिलो पटक शिव महापुराण आयोजना हुने

धनकुटा,२३ कार्तिक । धनकुटाको मुलघाटमा आगामी फागुन ४ गतेदेखि ११ गतेसम्म पहिलो पटक शिवमहापुराण आयोजना हुने भएको छ ।

विश्रान्ति मन्दिर परिसरमा सञ्चालन हुने उक्त धार्मिक अनुष्ठान परमादरणीय जगतगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहन शरण देवचार्य महाराज बाट उद्घाटन हुने आयोजकले जनाएको छ । आज धनकुटामा एक कार्यक्रममार्फत विश्रान्ति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शारदाप्रसाद मिश्रको संयोजकत्वमा शिव महापुराण समारोह मूल आयोजक समिति गठन गरिएको छ ।

समितिले विभिन्न उपसमितिहरूको पनि गठन गरेको छ । जसले व्यवस्थापन, सुरक्षा, प्रचार र अन्य आवश्यक व्यवस्थापनका जिम्मेवारीहरू सम्हाल्ने विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जर्नाधन घिमिरेले जानकारी दिए । धनकुटा सहित विभिन्न जिल्लाका भक्तजनहरु उत्साह र श्रद्धाका साथ यस कार्यक्रममा भाग लिने विश्वास विश्रान्ति मन्दिर व्यवस्थापन समितिको रहेको घिमिरेको भनाई छ ।

विश्रान्तीमा यस प्रकारको शिवमहापुराण लगाइएको पहिलो पल्ट हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।