कोशी नाम विरुद्ध प्रदेश नं. १ संयुक्त संघर्ष समितिको ‘नयाँ चरणको आन्दोलन घोषणा, कोशी नाम विरुद्ध विरोध प्रदर्शन

विराटनगर । प्रदेशको नाम कोशी विरुद्धमा आन्दोलनरत प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आज २ मंसिर २०८१ का दिन विराटनगरको महेन्द्र चोकमा ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गरेको छ ।

सभालाई माओवादी केन्द्रकी उपाध्यक्ष पूर्बमन्त्री पम्फा भुसाल, पहिचानवादी मोर्चाका सदस्य सचिव पूर्ब मन्त्री गोपाल किराती, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचमा अध्यक्ष तथा लिम्बुवानी नेता कुमार लिङदेन, जनता समाजवादी पार्टी (जसपा) नेपालका सहअध्यक्ष पूर्ब मन्त्री रकम चेम्जोङ, कार्यकारिणी सदस्य, पूर्ब प्रदेश मन्त्री जयराम यादव, पूर्व मुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र महतो, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुती), जसपाका नेता रमेश राई लगायतले सम्बोधन गरेका थिए ।

पहिचान आन्दोलनको संयोजक किरात याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्ष प्रेम एक्तेनको सभापतित्वमा भएको प्रर्दशनमा कार्यक्रमलाई भिम राई र केदार धिमालले संचालन गरेका थिए ।

२०७९ फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि समुदायिक संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिबासी जनजाति महासंघ, नेपाल शेर्पा संघ, पहिचान सहितको प्रदेश नं. १ पुन नामकरण अभियान समिति लगायतबाट कोशी नामको विरोध घोषणा भएकै दिनबाट सुरु भएको थियो । आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति पार्टी, माओवादी केन्द्र सम्बद्ध किरात र लिम्बुवान मोर्चाका नेता कार्यकर्ताहरुले आन्दोलन थालेका थिए । नागरिक उन्मुक्ति पार्टी, पहिचानवादी मोर्चा, राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ लगायतको संगठनले निरन्तर आन्दोलन गर्दै आएको छ । आन्दोलनको क्रममा ४२ बर्षिय युवा पदम लिम्बू (लाजेहाङ)ले सहादत (सरकारबाट सहिद घोषणां) प्राप्त गरेका छन भने प्रहरीको गोली लागेर गजेन्द्र फागोको खुट्टा जीवनभर काम नलाग्ने गरी घाइते भएका छन् । आन्दोलनमा दिक्षा क्षेत्री, सञ्जय राई लगायत २ सय ५० बढी घाइते भएका छन् । आन्दोलनकै क्रममा इलाम माङ्सेबुङको आशिष लिम्बू १९ महिनादेखि जेलमा रहेका छन् । प्रदेश सरकार र आन्दोलनरत पक्षको ३ चरणमा वार्ता भएपनि पुन नामकरणको प्रकृया अघि बढेको छैन् ।

प्रदर्शन शान्तिपूर्ण सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।