पाख्रीवासमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन
शर्मिला राई,धनकुटा । धनकुटाकाे पाख्रीवासमा आज नि:शुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएकाे छ ।
पाख्रीवास नगरपालिकाे आयाेजना तथा विजयपुर हस्पिटल धरान सुनसरीकाे प्राविधिक सहयाेगमा शिविर सञ्चालन गरिएकाे हाे ।
स्वास्थ्य शिविरमा २०५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा विजयपुर हस्पिटलका विशेषज्ञ चिकित्सकहरुले वरिष्ठ फिजिसियन सेवा, हाड जाेर्नि तथा नशा राेग सेवा, प्रसुती तथा स्त्री राेग, दन्त राेग,आँखा राेग,नवजात शिशु तथा वाल राेग एवं जनरल सर्जन सेवा प्रदान गरेकाे नगरकाे सचिवालयले जनाएकाे छ ।
स्वास्थ्य शिविरकाे उद्घाटन् कार्यक्रममा बाेल्दै पाख्रीवास नगरपालिका प्रमुख ज्ञान बहादुर गुरुङले सार्वसाधारण नागरिककाे स्वास्थ्य सेवालाई ध्यान दिदै शिवीर आयाेजना गरिएकाे बताउनु भयाे ।
त्यस्तै यस शिविरमा आज स्वास्थ्य जाचका लागि नाम दर्ता गराएका विरामीहरुकाे फलाेअपका लागि फेरि विजयपुर हस्पिटलमा जादा दार्ता शुल्क छुट हुने र अन्य सेवामा समेत विशेष छुटकाे सुविधा दिईने हस्पिटलका डाईरेक्टर प्रभात खतिवडाले बताउनु भएकाे छ ।
शिविर उद्घाटन कार्यक्रम स्वास्थ्य शिविर सञ्चालन समितीका संयाेजक तथा ४ नं वडाध्यक्ष सन्ताेष मानन्धरकाे अध्यक्षतामा गरिएकाे थियाे ।स्वागत मन्तव्य नगरकाे स्वास्थ्य शाखा प्रमुख तथा शिविर सञ्चालन समितीका सदस्य सचिव ईशा राईले राख्नु भएकाे थियाे । कार्यक्रममा पाख्रीवास आधारभुत अस्पतालका डा.अंकित शर्मा सहित विभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारीहरुकाे उपस्थिती थियाे ।


