धनकुटाको मुलघाटमा रहेको पितृ स्तम्भमा पितृलाई दिइयो तर्पण
धनकुटा,१५ पुष । आज पौष कृष्ण औँसीको दिन धनकुटाको मुलघाटमा रहको पितृ स्थम्भमा पितृलाई श्रद्धापूर्वक तर्पण दिइएको छ ।
दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदिने परम्परा अनुसार धनकुटाको मुलघाट सहित अन्य धार्मिक स्थलहरुमा श्राद्ध गरेर पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गर्ने प्रचलन रहेको छ ।
सौरमास अनुसार माघे सङ्क्रान्ति देखि र चन्द्रमास अनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा रहि आएको छ ।
मूलघाटमा धनकुटा सहित अन्य स्थानबाट समेत श्रद्धालुहरु मुलघाट आएका थिए ।


