क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले बिदेशमा उपचार गर्न गरे अस्विकार

काठमाडौं, १६ पुस । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले बिदेशमा उपचार गर्न अस्विकार गरेका छन् ।

 

बिगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत बैधले बिदेशमा उपचार गर्न अस्विकार गरेको उनको उपचारमा सहयोगी भुमिका खेलिरहेका नेता हरिभक्त कडेँलले बताए ।

 

हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने शुभेच्छुकले दिएको सुझावलाई महासचिव वैद्यले अस्विकार गरेको उनको भनाइ छ ।  ‘यहीँ नेपाल राम्रा र दक्ष चिकित्सकहरू हुनु हुदोँरहेछ, उपचारका लागि नै भनेर किन विदेश जानुपर्‍यो भनेर उहाँले कुरा गरे पछि यहीँ उपचार गरिरहेका छौं,’ उनले सञ्चारकर्मीसँग भने ।

 

दम बढेपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुइ हप्ता बढी समय देखी उपचार गरिरहेका छन। उनलाई दमसँगै निमोनिया देखिएपछि ५ दिनदेखि आईसीयूमा राखेर उपचार गरिरहेको कँडेलले जानकारी बताए । उनका अनुसार पार्टीले वैद्यको उपचारका लागि कँडेलको संयोजकत्वमा समिति नै गठन गरेर काम गरिरहेको छ । 

 

कडेँलका अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भइरहेको छ । उनका अनुसार यही अवस्था रहेमा चार–पाँच दिनपछि डिस्चार्ज गरिनेछ । डा. निरज बमको टिमले वैद्यको उपचार गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।