देशमा अस्थिरता ल्याउन सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रम फैलाइँदैछ : महासचिव पोख्रेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशमा अस्थिरता ल्याउन सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रम फैलाउँने काम भइरहेको बताएका छन् । एमालेले सञ्चालन गरेको जरा केन्द्रित तीन महिने अभियानको धनकुटा जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत जनतामा निराशा फैलाउँदै समाज भड्काएर अस्थिरता सृजना गर्ने प्रयास भइरहेको भन्दै महासचिव पोख्रेलले अब यसका विरुद्ध एमालेपङ्क्ति उत्रनुपर्ने आवश्यकता औँल्याए । ‘केही वर्ष अघिको तुलनामा अहिले गाउँ गाउँमा विकासले तिव्रता पाइरहेको छ । जनताको विकासको अनुभूति गरिरहेका छन्, तर अहिले देशमा केही भएन, केही हुँदैन भनेर सामाजिक सञ्जालमार्फत जनतामा निराशा फैलाउने काम भइरहेको छ,’ महासचिव पोख्रेलले भने, ‘सामाजिक सञ्जाललाई दुरुपयोग गरेर देशमा अस्थिरता सृजना गर्ने प्रयास हुँदैछ, यसका विरुद्ध अब एमालेपङ्क्ति दरो ढङ्गले उत्रनुपर्छ ।’

पहिले पनि माओवादीले जता गयो उतै राज्य दिने आश्वासन बाढेर समाज विभाजित गर्ने काम गरेको स्मरण गर्दै महासचिव पोख्रेलले एमालेले त्यसलाई रोकेर समाजलाई एकतावद्ध बनाउने काम गरेको दावी गरे । जनताको पक्षमा काम गर्न उनले एमाले नेता कार्यकर्तालाई निर्देशन पनि दिए । कार्यक्रममा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशमा १३०९ वटा डेक्स स्थापना गरेर अब एमाले साइबर हमलाविरुद्ध उत्रने जानकारी दिए । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धनकुटामा एमाले एकताबद्ध हुँदा अरु कुनै पार्टीको केही उपाय नचल्ने भन्दै पार्टी एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईले धनकुटेलीको चाहना अनुसार जिल्लामा एमालेले काम गरिरहेको भन्दै धनकुटाको विकासलाई प्राथमिकता दिन प्रदेश र केन्द्र सरकारलाई आग्रह गरे । एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले अब पार्टीले जरा केन्द्रित तीन महिने अभियानलाई व्यापक रुपमा अघि बढाउने उद्घोष गरे ।

सामुदायिक भवनमा भएको कार्यक्रममा एमालेका सयौं नेता कार्यकर्ता सहभागि थिए । एमालेले माघदेखि चैतसम्म तीन महिनाका लागि वडा केन्द्रित अभियान सुरु गरेको हो । जरा केन्द्रित अभियान नाम दिइएको यो कार्यक्रममा सङ्गठनका कमीकमजोरीको मुल्यांकन गर्दै जनताको चासो र गुनासो बुझेर सम्बोधनको प्रयास गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।