सौर्य जहाज दुर्घटनाः न्यायका लागि पत्रकार महासंघले खवरदारी गर्ने

काठमाडौं, १० माघ । सौर्य जहाज दुर्घटनाका पीडित परिवारको न्यायका लागि नेपाल पत्रकार महासंघले खवरदारी गर्ने भएको छ ।

दुर्घटनाको छैटौँ मासिकको पुण्यतिथि आयोजित ‘सौर्य जहाजः दुर्घटना कि अपराध’ विषयक अन्तरक्रिया कार्यक्रममा महासंघले पीडितको पक्षमा खवरदारी गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । 

 

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको सहयोगमा म्याप मेमोरियल सोसाईटीले महासंघकै सभाहलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा पीडित परिवारले दोषीलाई उन्मुक्ति दिने गरी छानबिन आयोगले नियोजित प्रतिवेदन तयार पारेको बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचनले महासंघको परिवारको सदस्यलाई परेको पीडाको स्वामित्व लिने बताए ।  ‘पीडित परिवारले अघि बढाउनु भएको अभियानलाई हामी सबैले सहयोग गर्नुपर्छ । उहाँले अघि बढाएको अभियानमा महासंघको साथ छ । विषयबस्तुको उठान गरेर कानुनी कारबाहीका लागि राज्यलाई दबाब दिन सकिन्छ,’ उनले भने,  ‘गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । कसैको कारणले कसैको ज्यान जाने खालको वातावरण बन्नुभन्दा ठूलो अन्याय अरु कुनै पनि हुँदैन ।’

 

कार्यक्रममा छोरी, ज्वाइँ र नाति गुमाएको पत्रकार प्रकाश खतिवडाले उडान नै गैरकानुनी भएको दाबी गरेका थिए । उनले भने, ‘उडान गैरकानुनी छ, यात्री गैरकानुनी छन्, एयरलाइन्स कम्पनीको हर्कत गैरकानुनी छ । कानुन मिचेर सरकारले अनुसन्धान आयोग बनाएको छ । एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको छ । अनि यो घटनालाई कसरी आकस्मिक, भवितव्य वा दुर्घटना मात्रै हो भनेर चित्त बुझाउन सकिन्छ ? त्यसैले सौर्य जहाज दुर्घटना होइन, जघन्य अपराध हो ।’

पीडित खतिवडाले राज्यसँग दर्जनौँ प्रश्न राखेका छन । उनले आफूले जस्तो अरु कसैले पनि नियति भोग्न नपरोस् भनेर अभियान सञ्चालन गरेको जानकारी दिए । उनले भने,  ‘घटनामा मैले तीन सन्तति गुमाएँ तर यो नियति फेरि कसैले भोग्नु नपरोस् । कागज मिलाएर गर्ने बदमासी र त्यसबाट आउने दुष्परिणाम नदोहोरियोस्, घटनाको निष्पक्ष छानबिन गरियोस् । नेपालको हवाई यात्रा सुरक्षित होस् र सन्ततिको सम्झनालाई चीर स्थायी बनाउन र उनीहरूलाई जीवित राख्न समाजिक अभियानहरू चलाउन सकियोस् ।’

 

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्तिका लागि नेपाल पत्रकार महासंघसहित सञ्चारजगतको साथ, सहयोग र खबरदारीको अपेक्षा पीडित पक्षले गरेको छ । 

 

कार्यक्रममा महासंघका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, समाजवादी प्रेस संगठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीलगायतको उपस्थिति थियो । गत साउन ९ सौर्य एयरलाईन्सको जाहाज दुर्घटना भएको थियो । दुर्घटनामा मा परि पत्रकार प्रकाश खतिवडाको छोरी, ज्वाई र नाति सहित १८ जनाको ज्यान गएको थियो 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।