सहिदभूमिमा एच.पि.भि. (ह्यूमन प्यापिलोमा भाइरस) खोप सम्बन्धि अभिमुखिकरण गोष्ठि सम्पन्न
धनकुटा । सहिदभूमि गाउँपालिकामा एच.पि.भि. (ह्यूमन प्यापिलोमा भाइरस) खोप सम्बन्धि अभिमुखिकरण गोष्ठि शुक्रबार सम्पन्न भएको छ ।
सहिदभूमि गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष मनाेज राई , प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर भण्डारी , वडाअध्यक्षहरु कार्यपालिका सदस्यहरु ,शिक्षक , सुरक्षाकर्मि , सञ्चारकर्मी र सरोकारवालाहरूको उपस्थिति थियो।
कार्यक्रममा एच.पि.भि. खोपको महत्त्व, यसको प्रभावकारिता, र यो खोप किन आवश्यक छ भन्ने विषयमा विस्तृत जानकारी दिएकाे थियोे । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पि.भि. खोप अत्यन्त प्रभावकारी मानिन्छ । यसले किशोरावस्थाका बालिकाहरूलाई भविष्यमा क्यान्सरको जोखिमबाट बचाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेकाछन् ।
कार्यक्रममा शिक्षक, स्वास्थकर्मीकाे उपस्थितिमा यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खाेप अभियानमा बिद्यालयमा विद्यार्थीहरुलाई खोप लगाउन सहजीकरण गरेर सहयोग गर्न शिक्षकहरुलाइ आग्रह गरिएकाे थियो ।
सहभागीहरूले खोप अभियानलाई प्रभावकारी बनाउँदै बिद्यालयमा पढ्ने ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थि लक्षित छात्रासम्म पुग्नका लागि सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने जनाएको छ ।
७ वटै वडामा १५ वटा खोप केन्द्रहरु मार्फत एच.पि.भि. खोप लगाउने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख फकिर महाेमत्तले कार्यक्रममा जानकारी दिनुभयो ।









