प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई, फाइनलमा स्तब्ध बन्यो सुदूरपश्चिम

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले जितेको छ । आज भएको उपाधि भिडन्तमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्य एपीएफले ४३ बल बाँकी रहँदै एक विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि ममता चौधरीले ४३ रनको विष्फोटक ब्याटिङ गरिन् । ४३ बलको सामना गरेकी ममताले ५ चौका हिर्काईन् । नटआउट रहेकी ममतालाई २० बलमा २ चौकासहित १८ रन जोडेर इन्दू वर्मालेसाथ दिईन् ।

त्यसअघि फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८ ओभरमा ६७ रनमा अलआउट भएको थियो । सुदूरका लागि मनिषा बोहराले १८, विन्दू रावलले १७ र रेवती धामीले सात रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा एपीएफकी कविता जोशीले तीन तथा सवनम राई र इन्दू वर्माले समान दुई विकेट लिए । करुणा भण्डारीको नाममा एक विकेट रह्यो ।

एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो । इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलोपटक उपाधि जितेको हो ।

यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३/२४ मा उपाधि जितेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।