हिसान खेल : पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् ।

शनिबार भएको फुटबलको पहिलो खेलमा सगरमाथा कलेजले जेभियर्स स्कुललाई २–० को गोल अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथाका प्रसान्त राई घोषित भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले होलीचाइल्ड कलेजलाई २–० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जित प्लेयर अफ द म्याच गौतमकुमार चौधरी घोषित भए ।

शनिबारनै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा विकेभिएम स्कलले रेडस्टार स्कुललाई ८ विकेट पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको रेड स्टारले निर्धारित १३ ओभरको खेलमा १२ ओभरमा सवै विकेट गुमाई ४६ रन बनाएको थियो । रेडस्टारका मुकेश शर्माले सर्वाधिक १३ रन बनाए । विकेभिएमका शिभम यादवले ४ विकेट लिँदा प्लेयर अफ म्याच सचिन्द्रप्रसाद यादवले ३ विकेट लिए ।

जवाफमा ४७ रनको झिनो चुनौती पाएको विकेभिएमले ९ ओभरमा २ विकेट गुमाई लक्ष पार गरेको थियो । विकेभिएमका धिरेन्द्र खदहरीले १९ रनको योगदान दिए । रेडस्टारका सक्षम नेउपाने र रोशन थापाले १–१ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले शिक्षादिप कलेजलाई ९६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १सय ३० रन बनाएको थियो । अरनिकोका समिर आलमले सर्वाधिक ३२ रनको योगदान दिए । शिक्षादिपकासौरभ कामत र सुदिप यादवले १–१ विकेट लिए ।

जवाफमा १ सय ३१ रनको चुनौती पाएको शिक्षादिपले १४ औं ओभरमा सवै विकेट गुमाई ३४ रनमा सिमित भयो । शिक्षदिपका सोरभ कामतले ११ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ म्याच नुर अहमदले ४ विकेट लिए ।

शनिबार भएको कवडीको पहिलो खेलमा अर्किड कलेजले सिद्धार्थ स्कुललाई ५६–२४ को स्कोरले पराजित गरेको छ ।

दोस्रो खेलमा कान्तिपुर कलेजले भानु कलेजलाई ४१–२७ को स्कोरले पराजित गरेको छ ।

तेस्रो खेलमा मोडर्न एरा कलेजले शिक्षादिप कलेजलाई ५७–३० को स्कोरले पराजित गरेको छ ।

चौथो खेलमा ग्रिनल्याण्ड कलेजले विराट क्याम्पसलाई वाक ओभरमा पराजित गरेको छ । समयमा विराट क्याम्पस मैदान प्रवेश नगरेपछि खेल ग्रिनल्याण्डले वाक ओभरमा विजयी भएको हो । कवडीको सेमिफाइनल र फाइनल खेल आइतबार हसने खेल सम्योजक ठाकुर भण्डारीले जानकारी दिए ।

शनिबार भएको टेवलटेनिसका खेलहरुमा गल्र्स टीम इभेन्टतर्फ सगरमाथा कलेजले शिक्षादीप उमाविलाई ३–१ को सेट स्कोरले हराउदै फाइनल प्रवेश गर्याे । अर्काे सेमिफाइनलमा अरनिको कलेजले मेरिल्याण्ड कलेजलाई ३–० को सेट स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।

त्यसैगरि ब्वाइज टीम इभेन्टतर्फ मेरिल्याण्ड कलेजले शिक्षादीप कलेजलाई ३–० को सेट स्कोरले हराउदै फाइनल प्रवेश गर्याे । अर्काे सेमिफाइनलमा विकेभिएम कलेजले सगरमाथा कलेजलाई ३–१ को सेट स्कोरले पराजित गर्दै फाइनल्स प्रवेश गर्याे ।

गल्र्स सिङल्सको सेमिफाइनलमा सगरमाथा कलेजकी रुबी मेहताले शिक्षादीप कलेजकी दिव्यान्का खडकालाई ३–० सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरिन् । त्यसैगरि अर्को सेमिफाइनलमा अरनिको उमाविकी ओमकुमारी चौधरीले मेरिल्याण्ड कलेजकी प्राप्ति कार्कीलाई ३–१ को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरिन् ।

त्यसैगरि ब्वाइज सिङल्सको सेमिफाइनलमा सगरमाथा कलेजका रजतरमण दवाडीले मेरिल्याण्ड कलेजका सागरबहादुर बस्नेतलाइ ३–१ को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरे । त्यसैगरि अर्काे सेमिफाइनलमा विकेभिएम कलेजका यथार्थ आचार्यले अरनिको कलेजका आयुष यादवलाई ३–० को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरे ।

प्रतियोगीताका सम्पूर्ण फाइनल खेलहरु आइतवार सम्पन्न गरिने जानकारी हिसान टेबल टेनिस प्रतियोगीता संयोजक मणिराज भट्टराईले जानकारी दिए ।

भलिबलको छात्रर्फ पहिलो खेलमा कान्तिपुर कलेजले बुद्ध स्कुललाई २–१ को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच कान्तिपुरका केवल लिम्बु घोषित भए ।

दोस्रो खेलमा मोडर्न एरा कलेजले ग्यालेक्सी कलेजलाई २–० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच मोडर्न एराका देवराज थापा मगर घोषित भए ।

तेस्रो खेलमा रेड स्टार कलेजले सिद्धार्थ कलेजलाई २–० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच रेड स्टारका सुरज राई घोषित भए ।

चौथो खेलमा शिक्षा सन्देश कलेजले शिक्षादिप कलेजलाई २–१ को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच शिक्षासन्देशका सन्तोष खवास घोषित भए ।

छात्रातर्फ रेड स्टार कलेजले अर्किड कलेजलाई २–० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच रेडस्टारकी स्मृती राई घोषित भइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।