पाथीभरा केबलकारकाे बिरोधमा उत्रेका माथी दमन, राजेन्द्र महतोको आपत्ति

काठमाडौं, १३ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पवित्र मुकुलुंग (पाथीभरा) क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ का शान्तिपूर्ण आन्दोलनकारीहरूमाथि सरकारले बलपूर्वक दमन गरेको छ। 

 

शनिबार साँझ भएको यस घटनामा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जना गम्भीर घाइते भएका छन्। घटनामा घाइते हुनेमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा, र मंगल लावती रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

 

घटनाप्रति गहिरो आक्रोश व्यक्त गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रहरीद्वारा गरिएको बर्बर दमनको कडा निन्दा गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्यायको माग गरेको छ।

 

पार्टीका अनुसार मुकुलुंग (पाथीभरा) कुनै साधारण स्थान नभई सम्पूर्ण नेपालीहरूको आस्था, परम्परा, र विश्वासको प्रतीक हो। ‘यो स्थललाई कुनै नाफामुखी परियोजनाका लागि प्रयोग गर्न दिनु अस्वीकार्य छ। यसलाई प्राकृतिक स्वरूपमा संरक्षण गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

 

राष्ट्रिय मुक्ति पार्टीले बलपूर्वक लागू गरिएका परियोजनाहरूले स्थानीय समुदायको आस्था र सांस्कृतिक मूल्यमा ठेस पुर्‍याएको बताएको छ। पार्टीले पवित्र मुकुलुंगलाई कुनैपनि हालतमा केवलकारजस्ता परियोजनाबाट जोगाउनुपर्ने अडान राख्दै सरकारलाई चेतावनी दिएको छ।

 

पार्टीले भनेको छ, ‘आस्था र धरोहर जनताको जीवनभन्दा प्रिय हुन्छ। कुनैपनि अन्यायपूर्ण योजनाका विरुद्ध जनताको संघर्ष कहिल्यै झुक्ने छैन।’

 

राष्ट्रिय मुक्ति पार्टीले निम्न तीन प्रमुख मागहरू अघि सारेको छ । मुकुलुंग क्षेत्रमा केवलकार निर्माण योजनालाई तुरुन्त खारेज गरिनु, घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्याय सुनिश्चित गरिनु र आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवादमार्फत समस्याको समाधान गरिनुपर्ने रहेको छ ।

 

पवित्र स्थलमाथि सरकारले नाफाखोर योजनाहरू थोपर्न खोजेको भन्दै स्थानीयहरूले विरोध जनाउँदै आएका छन्। ‘खुवालुङ र मुकुलुंग केवल ढुंगा र पहाड होइनन्, यी हाम्रो आस्था र अस्तित्वका प्रतीक हुन्,’ आन्दोलनकारीहरूले भनेका छन ।

 

सरकारले शान्तिपूर्ण आन्दोलनमा गोली चलाएर जनताको आवाज दबाउन खोजेको छ। पार्टीले पवित्र स्थलहरूको संरक्षण र जनताको आस्थाको सम्मान गर्न सरकारलाई आग्रह गर्दै विकासका नाममा सांस्कृतिक र प्राकृतिक सम्पदाको विनाश सह्य नहुने स्पष्ट पारेको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।