माघ १५ गते देखि अनिश्चितकालिन यातायात बन्द आव्हान

ताप्लेजुङ । सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारी माथि गत माघ १२ गते बर्बर दमन गर्दै निर्मम गोली चलाएको र कुटपिट गरी थुप्रैलाई घाइते बनाएको बिरोधमा माघ १५ गते देखि मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द घोषणा गरिएको छ ।

मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति,पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति ,किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति ,लिम्बू थरगत संस्था ( याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघद्वारा संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त अनिश्चितकालिन यातायात बन्दको आव्हान गरिएको हो ।

हेर्नुहोस् प्रेस विज्ञप्ति

मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा
यातायात बन्द घोषणा

प्रेस विज्ञप्ती

मिति : २०८९।१०।१३ गते
ताप्लेजुङको मुक्कुम्लुङ मुन्धुमी आस्था स्थल तथा माङगेन्ना चोत्लुङ हो । जुन देशको सांस्कृतिक धरोहर हो । सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारी योद्धाहरूमाथि २०८१ माघ १२ गते साँझ खाना खाइरहेको अवस्थामा बर्बर दमन गर्दै निर्मम गोली चलाएको छ । कुटपिट गरी थुप्रैलाई घाइते बनाएको छ । गोली लागेर घाइते हुनेहरू याम बहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा, मंगल लावती रहेका छन् । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ प्रहरी हिरासतमा राखेको छ घाइतेहरू सम्पर्कमा आउन सकेका छैनन् ।

कतिपय मुक्कुमलुङ प्रेमीहरू शान्तिपुर्ण रूपमा बसेको ठाउँमा सशस्त्र प्रहरी गएर खानतलास गर्ने, त्यस निहुँमा बासस्थान नै कब्जा गर्ने, तोडफोड गर्ने, कुटपिट गर्ने, भाडाकुडा फोड्ने र फाल्ने तथा बेकशुरमा निर्मम लाठीचार्ज गर्दै गोली प्रहार गरेर घाइते बनाएको छ । दलाल माफिया पुँजीपती चन्द्र ढकालको निजि सिडिओ र डिएसपीको रूपमा मात्रै भुमिका निर्वाह गर्दै मुक्कुमलुङ प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्दछ । निजहरूलाइ कडा कार्वाही गर्नु पर्दछ । शान्तिपुर्ण रूपमा रहेका मुक्कुमलुङ प्रेमीहरूमाथी गोली प्रहार गरेर राज्य पक्षले अक्षम्य गल्ती गरेको छ । दमन र ज्यादतीले पराकाष्ठा नाघेको छ । यस कार्यप्रती घोर आपत्ति र भत्सर्ना गर्दछौ । राज्यको दमन र ज्यादतीबाट मुक्कुमलुङ संरक्षण आन्दोलन नझुक्ने स्पष्ट पार्दछौ । सशस्त्र प्रहरीको गोली प्रहारको घट्नाले मुक्कुमलुङ मुन्धुमी स्थल संरक्षण आन्दोलन अब नयाँ चरणमा प्रवेश गरेको निष्कर्शमा पुगेको सार्वजनिक गर्दछौं । शान्तिपूर्ण प्रदर्सनको लागि भेला भएको समुहमा गोलि चलाएकोले अनिश्चितकालिन बन्द आहृवान गर्न बाध्य भएको सम्पुर्ण नागरिकहरूमा निवेदन गर्दछौ ।

मुन्धुमी दर्शन मूल्य मान्यता विपरित मुक्कुमलुङ क्षेत्रमा विकासको भ्रम छर्दै धर्ममा व्यापार गर्न पाइदैन । मुक्कुमलुङमा केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने, नियन्त्रणमा लिएका योद्दाहरूको विनासर्त रिहाइ, झुट्टा मुद्दाहरू लगाउन बन्द गर्नुपर्ने माग मुद्दाहरूसहित निम्न अनुसार आन्दोलनका कार्यक्रमहरू घोषणा गर्दछौं ।

१. मिति २०८१ माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्द : मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द घोषणा गरिएको छ ।

२. मानव अधिकार हनन गरी मुक्कुमलुङमा केबलकार बनाउने, नितिगत भ्रष्टाचार गर्दै अकुत सम्पती कमाएका माफिया दलाल चन्द्र ढकालको ग्लोबल IME बैंकमा रहेको खाता बन्द गर्न सबैलाई आव्हान गर्दछौं । सम्भव हुने ग्लोबल IME बैंकका सबै शाखाहरूमा मिति २०८१ माघ १४ गते १:०० बजे शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने । ढकालको ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला लगायतका ग्लोबल IME बैंक बन्द गर्नु पर्ने ।

३. ब्यापक असहमतिका वाबजुद मुन्धुमीस्थलमा केबलकार बनाउन खोज्ने माफिया दलाल चन्द्र ढकाल र कारिन्दा रुद्र पौडेललाई ताप्लेजुङ जिल्ला निषेध गर्ने ।

४. बङ्शगद्दार मेयर अमीर मादेनलाई ताप्लेजुङ जिल्ला बाहिर निषेध गर्ने ।

५. पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने ।

६. दलाल चन्द्र ढकालको कारिन्दाको रूपमा मात्रै काम गरिरहेका ताप्लेजुङका असक्षम सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने र निजहरूलाइ कडा कार्वाही गर्नुपर्ने ।

७. राज्य आतंक, प्रहरी दमन र ज्यादती, केबलकार निर्माण खारेजी लगायतका बिसयमा कोण सभा, धर्ना कार्यक्रम गर्ने ।

नाराहरू:

मुक्कुमलुङ संरक्षण प्रेमीहरूमाथी गोली चलाउन पाइदैन !
राज्य आतंक, प्रहरी दमन र ज्यादती बन्द गर !
मुक्कुमलुङमा केवलकार – चाहिदैन !
धर्ममा व्यापारीकरण बन्द – गर !
केबलकार निर्माण- खारेज गर !
असक्षम गृहमन्त्री – राजीनामा दे !

१. श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति
२.खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति
३. प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति
४. नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था ( याक्थुङ सयङ) सहजीकरण समूह
६. डकेन्द्रसिं थेगिम, अध्यक्ष, किरात धर्म तथा साहित्य उत्थान संघ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।