पाथीभरा मुक्कुम्लुङ क्षेत्रको केबलकार निर्माणको विरोधमा ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द

ताप्लेजुङ, माघ १५। पाथीभरा मुक्कुम्लुङ क्षेत्रको केबलकार निर्माण विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण ताप्लेजुङमा यातायात ठप्प बनेको छ।

बन्दका कारण मंगलबार बिहानदेखि मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमका सबै यातायात सेवा ठप्प भएका छन्। सुरक्षा कर्मी र आन्दोलनकर्मीको उपस्थिती विभिन्न स्थानमा देखिएको छ।

केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्न र पक्राउ परेका आन्दोलनकर्मीको बिनासर्त रिहाइको माग गर्दै अनिश्चितकालिन बन्द आह्वान गरिएको हो। आन्दोलनकारीले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले सार्वजनिक माफी माग्नुपर्ने पनि माग गरेका छन्।

शनिबार, पाथीभरा क्षेत्रको बालुडाँडामा प्रहरीको गोली लागेर नो केबलकार समूहका तीन जना गम्भीर घाइते भएका थिए। गोली चलाइएकाले शान्तिपूर्ण प्रदर्शन गर्ने समूहले अनिश्चितकालिन बन्दको आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षका श्री लिङखिमले जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।