लोकतान्त्रिक साँस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै

सकाठमाडौं, १५ माघ । लोकप्रिय गायक विमलराज क्षेत्रीले नेपाल सांस्कृतिक महासंघले आयोजनामा देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।

‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रमका नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रूपान्तरका महत्त्वपूर्ण घटनाहरू र भावी योजना देशभरका जनतासमक्ष पुर्याउन ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ सुरु गर्न लागेको बताइएको छ ।

नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले  नेपालको महत्त्वपूर्ण अभियान र परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई नेपाली कांग्रेसले सधैँ आत्मसात् गर्दै आएकोले पनि कांग्रेसका विषयमा जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान सुरु गरेको बताए ।

 

उनले भने–‘नेपाली कांग्रेसले यो देशका लागि गरेको जति महत्त्वपूर्ण काम र गतिविधि अन्य कुनै पार्टीको छैन ।  ती सबै कामको जानकारी जनतामाझ पुग्न सकेको छैन र अन्यले भ्रम पार्ने काम गरिरहेका छन् । सांगीतिक माध्यमबाट ती सबै गतिविधि जनतामाझ अब पुग्छ ।’ 

 

कार्यक्रममा गायक विमलराज क्षेत्रीले ‘विमलराज क्षेत्री लोकतान्त्रिक अभियान’ आफूले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए । उनले भने–‘मलाई सानैदेखि नेपाली कांग्रेसको चारतारे झण्डा लिएर देशभर सांस्कृतिक अभियान बनाएर घुम्ने रहर थियो । संसारभर पुग्ने रहर थियो । त्यसको सुरुवात नेपाली सांस्कृतिक महासंघले गर्न लागेको छ । महासंघको सम्पुर्ण कार्यसमिति प्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ नेपाली कांग्रेसको इतिहास र भविष्यले आफूलाई सधैँ चिन्तित तुल्याएको बताउँदै गायक क्षेत्रीले नेपाली कांग्रेसको इतिहास बिस्तारै छोपिँदै गएकोले सबैको जानकारी जनमाझ लैजनका लागि आफ्नो अभियान महत्त्वपूर्ण हुने दाबी गरे  ।

 

गायक क्षेत्रीले भने–‘नेपाली कांग्रेसको बिचार, विकासको हाइवे बेलाबेलामा पहिरो आएर पुरिन्छ । नेपाली कांग्रेसको काम अन्यले जस लिने काम भएको छ ।’ अभियानमा नेपाली कांग्रेस, जनता सुखदुखका गीतहरू समेत गाउने उनले जानकारी दिए । यही माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट समुद्घाटन सहित कार्यक्रमको सुरुवात हुनेछ ।

 

कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुनेछ । त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ । विभिन्न तामझाम सहित सांगीतिक माहोलमा आयोजना हुने कार्यक्रममा गायक विमलराज क्षेत्रीलाई गायनमा लोकप्रिय लोक गायिका राधिका हमालले साथ दिनेछिन् । कार्यक्रममा कलाकार शिवंकर रिजाल, सुजाना केसी, शिवहरी बैरागी, प्रभाकर शर्मा, ,ऋतु थापा, सन्ध्या सानु, शशी थापा पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षेत्री लगायतको समेत विभिन्न सांगीतिक प्रस्तुति रहनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।