सोनाम ल्होसारको अवसर पारेर गायक विजय लामाले राजधानीको टुँडिखेलमा सांगीतिक प्रस्तुति दिने

काठमाडौं । सोनाम ल्होसारको अवसर पारेर गायक विजय लामाले राजधानीको टुँडिखेलमा सांगीतिक प्रस्तुति दिने भएका छन्। 

२८६१औं सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्।

विजय लामा एण्ड द व्याण्डको प्रस्तुति रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीत नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी, माया है बस्ला रसैलेलगायतका एक दर्जन बढी गीत गाउने छन्। लोसार मूल समारोह समितिको आयोजनामा हुन लागेको कार्यक्रमको व्यवस्थापक नमस्ते साउण्ड रहेको छ। 

यसैबीच टुँडिखेलको कार्यक्रम सकिए लगत्तै भोलीपल्ट नै गायक लामा सांगीतिक प्रस्तुतिका लागि दुबई उड्नेछन्। उनले फेब्रुअरी १ तारिखका दिन दुबईको क्लब याक एण्ड यती एभरेष्ट बार दुबईमा एकल सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रमको आयोजक दुबई नेपाली रक्स रहेको गायक लामाले जानकारी दिए। पछिल्ला दिनमा सामाजिक काममा पनि व्यस्त गायक लामाले देशभरका गरिव  र टुहुरा असहायका लागि काम गरिरहेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।