कान्तिपुर कलेज र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ ।

विराटनगरको शहिदमैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे ।

फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी घोषित भए । हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्य राना मगर, उत्कृष्ट मिफिल्डर रेड स्तारका सौगात राई भए भने उत्कृष्ड प्रशिक्षक कान्तिपुरका कोमल खवास भए ।

यस अघि भएको छात्रा फुटबलमा साविक विजेता विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै पथरीको रेड स्टारले पहिलो पटक छात्रा फुटबलको उपाधि जिेतेको छ ।

रेडस्टारले अर्किडलाई ३–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । रेड स्ठारको जितमा स्मृती राई, सलिजा राई र आशिका लिम्बुले १–१ गोर गरिन् । फाइनल खेलको प्लेयर अफ द सिरिज रेड स्टारकी स्मृती राई भइन भने हाइ स्कोरर अर्किडकी समिक्षा आचार्य, उत्कृष्ट मिडफिल्डर रेड स्टारकी सलिजा राई र उत्कृष्ट गोलकिपर रेड स्टारकी विद्या लिम्बु घोषित भइन् ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, सचिव दिेपेश बास्तोला र हिसान मोरङका अध्यष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।