माघ २० र २१ गते कोशीका यी ९ जिल्लामा बन्दको घोषणा

धनकुटा । मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिद्वारा माघ २० र २१ गते ९ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) मा बन्दको घोषणा गरेको छ ।

सो दिनसम्ममा पनि माग सम्बोधन नभए माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल गरिने समितिले प्रेस विज्ञप्तिमा जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ –

-घोषित यातायात बन्द २०८१ माघ १८, १९ गतेसम्म यथावत रहनेछ ।

-माघ २० र २१ गते ९ जिल्ला लिम्बुवान बन्द (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) ।
– सो दिनसम्ममा पनि सम्बोधन भएन भने २०८१ माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने छ ।
– भूमाफिया, दलाल चन्द्र ढकालको ग्लोबल आइएमइ बैंक २०८१ माघ २० गतेदेखि बन्द गरिने ।
-गिरफ्तार गरिएका संस्कृतिप्रेमीहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई बिना सर्त रिहा गर्नुपर्ने,
-केबलकार खारेज गर्नुपर्ने,
– नाम्जा? गे काफ्लेपाटीमा राखिएका सशस्त्र र जनपथ प्रहरी फिर्ता गरिनुपर्ने र
-केबलकारवाला चन्द्र ढकालले गोली लागेका घाइतेहरूको आजिबन जिवन निर्वाहको व्यवस्था गर्नुपर्ने ।

ताप्लेजुङ मुक्कुमलुङमा गत माघ १२ गते बेलुकी सशस्त्र र जनपथ प्रहरीले मुक्कुमलुङ संस्कृतिकमीहरूमाथि बरबर दमन र गोलीकाण्डका कारण मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका माघ १५ देखिको अनिश्चितकालीन यातायात बन्दलाई मिति २०८१ माघ १९ गतेसम्म यथावत राख्ने ।

मिति २०८१ माघ २० र २१ गते ९ जिल्ला लिम्बुवान (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा) यातायात बन्द घोषणा गरेका छौ । सो दिनसम्ममा पनि सम्बोधन भएन भने २०८१ माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने छ ।

केबलकार खारेजी, सैन्यकरण बन्द गर्नुपर्ने लगायतको माग मुद्दाहरू सम्बोधन गर्नुको सट्टामा जातीय दमन र सांस्कृतिक संहार (एथ्निक र कल्चरल जेनोसाइड) गर्ने अनि उल्टै संस्कृतिप्रेमीहरू सगुन लावती, यामबहादुर लिम्बू, धर्मान पालुङ्वालाई सशस्त्र प्रहरीबाट बर्बरतापूर्वक गोली हानियो । प्रहरी दमनबाट घाइते नारायण साँवा, विशाल लिम्बू, मंगल लावती उपचाररत छन् । अभियन्ताहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई झुठो मुद्दा लगाई थुन्ने काम गरेको छ । न्यायको आवाज बुलन्द गर्न यस कारण पनि यातायात बन्द गर्न बाध्य भएका छौ ।

ग्लोबल आइएमइ बैंकका अध्यक्ष तथा पाथिभरा दर्शन केबलकार प्रा.लि.का सञ्चालक चन्द्र ढकालको कारणले मुन्धुमी आस्था स्थल मुक्कुमलुङमा सैन्यकरण, गोली हानिएको, काटिएको, कुटिएको, थुनिएको, मानवअधिकारको चरम उल्लंघन भएको हुँदा निज ढकालले मुक्कुमलुङमा केवलकार निर्माण कार्य तुरुन्त बन्द गरी निर्माण सामाग्रीहरू फिर्ता लैजानुपर्ने, निजकै पहलमा सैन्यकरण भएकाले सैन्यकरण फिर्ता गर्न जिम्मा लिनुपर्ने, झुट्टा मुद्दा लगाउन उक्साएको कारण थुनिएका मुक्कुमलुङ संरक्षण अभियन्ताहरू ३ जनालाई रिहाइको लागि जिम्मा लिनुपर्ने, गोली लागेर जीवन वर्वाद भएकोमा आजिवन जीवन निर्वाह क्षतिपूर्ति दिने गरी मिति २०८१।१०।१९ गतेभित्र ढकालले जिम्मेवारी लिनुपर्दछ । यी जिम्मेवारीहरू ढकालले पूरा नगरेमा २०८१।१०।२० देखि ग्लोबल आइएमइ बैंकका सबै शाखा कार्यालयहरू बन्द गर्नुपर्ने सूचित गर्दछौ ।

बन्द रहर होइन, मुक्कुमलुङ संरक्षणकर्ताहरूलाई गोली हानिएको, अन्याय गरिएको हुँदा बाध्य बन्दको आव्हान गरिएकाले सबै न्यायप्रेमी यातायात व्यावसायी लगायत सरोकारवालाज्यूहरूले बन्द सफल गर्न सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।
अन्तर्दलीय राजनितिक पार्टीहरू :

१. राजेन्द्र महतो, अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी
२ कुमार लिङ्देन “मिराक”, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
३. प्रा. डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा,
४. सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति
५. रमेश राई, अध्यक्ष, जसपा सम्वद्ध किरात राष्ट्रिय समिति
६. धन बहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी
७. भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी
८. नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन – डिजिजि ९. गजेन्द्र पालुङवा, अध्यक्ष, किरात लिम्बूवान प्रदेश समिति

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।