धनकुटाका ६ हजार ८ सय ७२ जना वालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइने

धनकुटा,१८ माघ । धनकुटाका ६ हजार ८ सय ७२ जना वालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले आड आयोजना गरेको एचपिभी खोप अभियान अन्र्तगत गरिएको जिल्ला खोप समन्वय समिती, संचारकर्मि र सरोकारवालाहरुका लागि गरिएको अभिमुखिकरण कार्यक्रमा यस्तो जानकारी गराईएको हो ।

यहि माघ २२ गतेदेखि २७ गते सम्म जिल्लाका सात वटै पालिकाममा एचपिभी खोप लगाइने स्वाथ्य कार्यलय धनकुटाकी जनस्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङ्गले जानकारी दिनु भयो ।

महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने किशोरी १० देखि १४ वर्ष उमेर समूहका गरी ६ हजार ८ सय ७२ जना लाई अभियानमा खोप लगाइने त्यस मध्ये ६ हजार ४ सय ५८ जना विद्यालय जाने र ४ सय १४ जना विद्यालय बाहिर रहेका बालिका रहेको खोयाहाङ्गले जानकारी दिनु भयो ।

कार्यक्रमका बोल्दै गैरसरकारी संस्था धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदी, शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाकी प्रमुख मोहन राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला समन्यवय समिती धनकुटाकी उपप्रमुख सावित्रा राई, जिल्ला समन्वय समिती धनकुटा संयोजक निरेन तामाङ्गले खोप अभियान लाई सफल बनाउँनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको सबै जिल्लाबासी लागेर अभियान सफल बनाउँनु पर्ने बताएका थिए ।

सोही कार्यक्रममा उमेर र स्वाथ्यका कारण अवकास लिएका महिला स्वाथ्य स्वयम सेविका लाई नगद सम्मान तथा उत्कृष्ठ कार्य गर्ने महिला स्वयम सेविका लाई पुरस्कृत समेत गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।