हाम्रो डान्स सेन्टर धनकुटाको जुनियर टिम वल्ड अफ डान्स नेपालको पहिलो चरणको ग्रान्ड फिनालेमा छनोट
धनकुटा,१८ माघ । हाम्रो डान्स सेन्टर धनकुटाको जुनियर टिम वल्ड अफ डान्स नेपालको पहिलो चरणको ग्रान्ड फिनालेमा छनोट भएको छ ।
अनलाईन मार्फत गरिएको अडिसनबाट हाम्रो डान्स सेन्टर धनकुटाको जुनियर टिम वल्ड अफ डान्स नेपालको पहिलो चरणको ग्रान्ड फिनालेमा छनोट भएको हाम्रो डान्स सेन्टर धनकुटाका संचालन तथा प्रशिक्षक सन्तबीर तामाङ्गले जानकारी दिनु भयो ।
हिपप डान्स गर्दै सहभागी भएको डान्स सेन्टरको ८ जनाको ग्रुपले गरेको डान्स नेपालभर बाट प्रतिस्पर्धा गर्दा उत्कृष्ट ६ मा धनकुटाको टोली पर्न सफल भएको तामाङ्गले बताउँनु भयो ।
अब काठमाडौंमा ६ टिमको प्रतिष्पर्धा हने र त्यसमा प्रथम हुने टोलीले अमेरीकामा हुने प्रतिस्पर्धामा समेत भाग लिन पाउँने उनको भनाई थियो ।



