सभामुखसँग रवि लामिछानेको गुहार, निलम्बन फुकुवाको माग

काठमाडौं – रवि लामिछानेले अदालतमा पाँच-पाँच वटा मुद्दा विचाराधीन रहिरहेको अवस्थामा सांसद पद पुनर्बहालीको माग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटेर शुक्रबार निलम्बन फुकुवा मागेका हुन्।

संसद् सचिवालयमा सभामुख घिमिरेलाई भेटेर उनले आफूलाई अन्यायपूर्ण रूपमा निलम्बन गरिएको भन्दै तत्काल पद पुनर्बहाली गरिदिन आग्रह गरे।

उनी गत पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन्। लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीको आरोप छ। 

तर, उनले सभामुखसमक्ष बुझाएको पत्रमा सरकारले लगाएर अनावश्यक रूपमा दुःख दिएको दाबी गरे। उनले संसद्को गरिमा जोगाउन तथा निर्वाचित जनप्रतिनिधिको हैसियतबाट काम गर्न दिन आग्रह गरे।

लामिछानेले सभामुखलाई संसदीय अभ्यास र कानुनी मान्यता अनुसार दोषी प्रमाणित नभएसम्म सांसद पद निलम्बन नहुने व्यवस्था रहेको उल्लेख गर्दै आफ्नो निलम्बन फुकुवा हुनुपर्ने तर्क गरे। ‘मलाई अदालतले दोषी करार गरेको छैन, तर पनि अन्याय भयो,’ उनले भने।

सभामुख घिमिरेले लामिछानेको पत्र बुझ्दै कानुनी र नीतिगत पक्ष अध्ययन गरेर जवाफ दिने बताए। उनले अहिलेको अवस्थामा सांसद पद पुनर्बहाली तत्काल सम्भव नभएको स्पष्ट पारे।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरण मुद्दा चलेपछि सांसद पदबाट निलम्बन भएका थिए।

अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरे पनि मुद्दा टुंगो नलागेसम्म संसद् पुनर्बहाली हुने सम्भावना न्यून देखिन्छ।

यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा एक करोड रुपैयाँ धरौटीमा लामिछाने रिहा भएका थिए।

अब उनको अर्को मुद्दा सहारा सहकारी चितवन र सानोपाइला सहकारी पर्सामा निर्णय हुन बाँकी छ। ती दुबै सहकारी ठगीमा सरकारी वकिलले लामिछानेलाई बयान लिइसकेको छ। उनीविरूद्ध ती दुई मुद्दा अदालतमा दर्ता हुन बाँकी छ।

प्रतिनिधिसभाको नियमावलीअनुसार अनुसार लामिछाने धरौटीमा छुटे भने सांसद पद निलम्बनमा पर्ने छैन। यदि अदालतले लामिछानेलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिए सोही दिनदेखि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्नेछ।

यद्यपि, लामिछाने संकटमोचनको अवस्थामा भने छैनन्। उनीविरूद्धका अन्य मुद्दा बाँकी नै रहेकाले कुनै पनि बेला पक्राउ पर्ने, थुनामा पुग्ने अवस्था छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।