प्रतिनिधिसभामा सभामुखको भेदभाव, सत्तापक्षलाई बोल्न २० मिनेट, प्रतिपक्षलाई १५ मात्रै

काठमाडौं – लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा प्रतिनिधिसभाले सरकारको हैन, विपक्षीका बढी कुरा सुन्ने गरिन्छ।

तर, प्रतिनिधिसभाको शुक्रबार पाँचौं अधिवेशन सुरू हुँदा सभामुख देवराज घिमिरेले भेदभावपूर्ण व्यवहार प्रस्तुत गरेका छन्।

उनले सुरूमा प्रधानमन्त्री केपी ओलीलाई बोल्न समय दिए। त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई समय दिए।

त्यसपछि घिमिरेले दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूलाई बोल्न समय दिए। सुरूमा सत्तापक्षका सांसद योगेश भट्टराईलाई घिमिरेले समय दिए।

घिमिरेले भट्टराईलाई २० मिनेट समय तोके। भट्टराईले बीस मिनेटभन्दा बढी कुरा राखे।

तर, प्रतिपक्षी दललाई भने घिमिरेले समय छोट्याए। नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेको बोल्ने पालो आउँदा घिमिरेले १५ मिनेट मात्रै समय दिए।

घिमिरे नेकपा एमालेबाटै सभामुख बनेका हुन्। उनलाई एमालेप्रति नरम हुने गरेको आरोप लाग्ने गरेको छ।

सरकारले अहिले ६ वटा अध्यायदेशहरू ल्याएको छ। सत्तापक्षका सांसदले अध्यादेशको बचाउ गरिरहेका छन्। बीस मिनेट बोल्दा अधिकांश समय भट्टराईले अध्यादेशको बचाउमै खर्च गरे।

प्रतिपक्षी दलको प्रतिनिधित्व गर्दै बोलेका पाण्डेले अध्यादेशबाट सरकार चलाउन खोजेको भन्दै आलोचना गरे। उनले अध्यादेश आवश्यकताका आधारमा ल्याउन मिल्ने भए तापनि अहिले जनताको कष्ट र विपत्तिका बखत सरकार कतै नभेटिएको बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।