धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने: पुर्व राष्ट्रपति भण्डारी

धरान, १९ माघ । धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीले सुझाएकी छिन्। 

 

धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताएकी हुन्।

 

पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरि तीन जिल्लालाई पिउनसँगै र सिंचाइ गर्न लागि समेत पुग्ने उनकाे भनाई थियाे ।

 

धरानदेखि करिब चार किलो मिटरको टनेलबाट पानी ल्याउन सकिने सम्भाव्यता अध्ययन भइसकेको र त्यसको लागि धरानका स्थानीय सरकारले पहल गर्नुपर्ने उनले बताईन।

प्रदेश सरकारले धरान- मुलघाट सुरूङ मार्ग सम्भव्यता अध्ययनका लागि बजेटसमेत विनियाेजन गरेकाे थियाे ।

धरानमा खानेपानीकाे कमी हुँदै आएकाे छ ।  पानीकाे बहस भइरहेका वेला पूर्व राष्ट्रपति भण्डारीले यस्ताे उपाय दिएकी हुन्।

भण्डारी केही दिनदेखि पूर्वका विभिन्न  कार्यक्रममा सहभागी जनाउदै आईरहेकी छिन्।

कार्यक्रममा सहभागितासँगै एमाले पार्टी नेता तथा कार्यकर्ताहरूलाई भेट्दै हिडिरहेकी छिन्। साथै, उनले सक्रिय राजनीतिमा फर्कने संकेतसमेत गरेेकी छिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।