पाथीभरामा केवलकार निर्माण कार्य खारेजीको माग, कसले के भने ?

काठमाडौं, १९ माघ । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन्। पछिल्लो समय पाथीभरामा केवलकार निर्माण रोक्नको लागि अभियन्ताहरुले आन्दोलन जारी राखेका छन्। तर, राज्यले बल प्रयोग गरेको र आन्दोलनकारी माथि गोली चलाएको घट््नायति वेलाचर्चामा छ। घाईतेहरुको काठमाडौं त्रि.वि. शिक्षण अस्पतालमा उपचार भैरहेको छ। यो संघर्ष समितिभने हिजोमात्रै गठन गरिएको पत्रकार विश्वलिम्बुले जानकारी दिए। 

आज (शनिबार) संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पाथीभराको महिमाबारे प्रकाशपार्दै सम्पदामास्ने कार्य स्विकार्य नभएको चेतावनी दिएको हो। संघर्ष समितिका काठमाडौंका संयोजक नेपाली सेनाका अवकाशप्राप्त उपरथी अनन्तबहादुर थेबेले पाथीभरा (मुक्कुम्लुङ) किराँत, हिन्दू र बौद्धमार्गीहरुको साझाधार्मिकस्थल रहेको बताएका छन्। 

उनले भने,‘अहिलेको द्धन्द्ध भनेको पाथीभरामा केवलकार निर्माण गर्ने वानगर्ने भन्ने विषयमा छ। खास मुद्दा पेचिलो र गहिरो छ। स्थानीय रैथाने आदिवासीजनजातिको संवेदना, परम्परादेखि सनातनदेखि मानिआएको आस्था र विश्वासकोबीचमा केहीलोभीपापी र स्वार्थहरुको द्रव्यपिशाचुको स्वार्थको द्धन्द्ध हो। पवित्र स्थानलाई मौलिक रुपमा राख्नुपर्छ। पवित्र रुपमा राख्नुपर्छ। सर्वसाधारण नागरिकलाई आवातजावातमा बाटोको पहुँच बनाउनुपर्छ। पाथीभरामाकवेलकार लगेपछि पवित्रतामाआँच पुग्छ भन्ने हो। कतिपय मान्छेले यो गलतकामभएको प्रतिबोल्न सकेका छैनन्। सरकारले बन्दुकको नालको त्रास देखाएर अनिराज्य सत्ताको दुरुपयोग गरेर त्रास देखाइएको छ। यो बोल्नसक्ने वानसक्नेबीचकोपनि द्वन्द्व हो।’

उनले मुन्धुममा नै मुक्कुलुङको चर्चा रहेको भन्दै यसको संरक्षण गर्नु सबैको दायित्वभएको सम्झाए। उनले भने,‘इतिहास जित्नेले लेख्नेछ। रचनागर्छ। हाम्रो देशको हकमापनित्यही नै भएको छ। २ सयवर्ष मुक्कुम्लुङमाथियो। सनातनकालदेखि थियो। मुन्धुममा मुक्कलुङको चर्चा र व्याख्या छ। अहिले सिलसिलेबार ढंगले आक्रामण हुनथालेको छ। अहिले समय परिवर्तन भएको छ। चन्द्रागिरीमाधर्मलाई व्यवसायीकरण गरियो। पाथीभरा भनेको अनादिकालदेखि नै छ। चन्द्रागिरी र पाथीभरा तुलनागर्न नै मिल्दैन। पाथीभरामाअहिले केवलकारको कुरा पैसाको लागिआमा बेचेसरह हो। धर्मलाई व्यापारीकरण गर्ने कुरा हामीलाई सह्य छैन्। किमार्थ मान्य छैन्।’

उनले सरकारले जनताको चाहनाविपरित परियोजना अघि बढाउन नहुनेतर्फ ध्यानाकार्षण गराए। उनले भने,‘पाथीभराजस्तो पवित्रस्थलमा सशस्त्रक्याम्प राखेको छ। बिनाशर्त त्यहाँबाट क्याम्पफिर्ता लिनुपर्छ। त्यहाँविद्रोह, विरोध र आन्दोलनगरिरहेकानागरिक यो देशको स्वतन्त्रनागरिक हुन्। अहिलेको मितिबाट केवलकार निर्माण गर्ने कार्य रोक्नुपर्छ। जनताको हितविपरित कार्य हो। विकास भनेको नै केवलकार भन्ने भाष्यबनाईयो। विमानस्थलचार महिनापनिचल्दैन। बाटो बिग्रिएको छ।व्यापारीको स्वार्थ पूरा गर्नको लागि केवलकार केवलकार भनिएको छ। बन्दुकको गोलीलागेर उपचार गराईरहनुभएको छ, तीनजनाले।उनीहरुको स्वास्थ्यलाभको कामनागर्दछु।’

धर्मिकस्थलमा सशस्त्रप्रहरी बल राख्ने दुनियाँको कहाँ हुन्छ भन्दै उनले प्रश्न गरे। उनले भने,‘पाथीभरामाकेवलकार पुग्यो भने कतिअपवित्रहोला?दुर्लभ पशुपन्छीलाई कतिअसहजभएको होला? केवलकारले पाथीभराको विकास होईन, विनास गर्छ। तिर्थाटनस्थलको रुपमाहोईन क्रिडास्थल र मनोरञ्जनस्थलको रुपमाविकास गर्छ। पाथीभराको मौलिकताजोगाउनुपर्छ। पवित्रताजोगाउनुपर्छ। केवलकार पुयो भने थोरै मात्रै लाई फाइदा हुन्छ। अधिकांशलाई नोक्शानी हुन्छ। पाथीभराको महिमा, गौरव जस्तो छ, त्यस्तै हुनुपर्छ।’

स्थानीय सरोकारवालातथा समाजसेवी सलमानथलाङले विकासको नाममापाथीभराको सभ्यतामास्नेगरि सह्य हुनै नसक्ने सुरुवातभएको भन्दै यथाशिघ्र परियोजनाबन्दगर्न चेतावनीदए। उनले भने,‘हामीचुपलागेर बस्दैनौं। अहिलेपनिपाथीभरामा केवलकार बन्नहुँदैन भन्ने ९९ प्रतिशतको धारणा छ। केवलकार बन्नुहुँदैन भन्ने नैआवाज छ। एक जनाव्यापारीले र राज्यले दमन गरेर यदि केवलकार बनाईयो भने भोलित्यहाँ द्धन्द्ध निम्तिनसक्छ। चन्द्र ढकालजी तपाईं जिम्मा लिनुहुन्छ ?विकासको नाममानौटंकी नगर्नुहोस।’

किराँतयाक्थुङचुम्लुङ काठमाडौंकाअध्यक्षतथा समाजसेवीडम्बरबहादुर तुम्बाहाङ्फेमुक्कुम्लुङ मुन्धुमभित्र परेको उल्लेख गर्दैपाथीभरा सबैको धर्मस्थलभएको सम्झाए। उनले भने,‘मुक्कुम्लुङ त लिम्बुको त शीर हो। त्यहाँबदमासीभयो भने लिम्बुले छोड्दैन। कोठेवारीजस्तो विकास गर्न मिल्दैन्। त्यहाँकुनै पनिहालतमा केवलकार बन्नुहुँदैन्। यदित्यहाँभोलिज्यानतलमाथिभयो भने ताप्लेजुङको सांसदले जिम्मा लिनुपर्छ।’

अधिवक्ताथाईन्द्र आङबोहाङलेपाथीभरामा स्थानीयको अधिकार रहने भन्दै स्थानीयहरुको स्विकृतिबिना कुनै संरचनाबनाउन र भत्काउननमिल्ने टिप्पणी गरे। उनले भने,‘संविधानको धारा २६ ले धार्मिक स्वतन्त्रतादिएको छ। केवलकार निर्माण कार्य खारेज हुनुपर्छ। धार्मिक सम्पदा बचाउनुपर्छ।’

गायिकाझुमालिम्बुलेविकासको नाममा सभ्यतामास्ने कुरा स्विकार्य नहुने र मनपरी गर्न नपाउने बताईन्। उनले भनिन्–‘त्यो ठाउँ त हाम्रो पुस्ताले बचाएको हो। मनपरीगर्न मिल्दैन्। व्यापारीको काँधमा राखेर आफ्नो स्वार्थ पूरा गर्ने कामनगर्नुहोस। चन्द्र ढकाल भनेको व्यापारी हो। त्यो क्षेत्रको सांसदले बुझ्नुपर्छ, माटोको माया लाग्छ भने लाजलाग्दो राजनीतिनगर्नुहोस्।’

अधिवक्ता हरिचन्द्र भट्टराईले ताप्लेजुङमाअहिले राज्यले गरेको व्यवहार मानवअधिकारको हिसाबले गलतभएको टिप्पणी गरे। उनले भने,‘राज्य त्यसै भाग्नपाउँदैन्। पाथीभरा भनेको हाम्रो सभ्यताहो। धरोहर हो। यसमाथि कसैले धावाबोल्नुहुँदैन्। जनताको भावनाविपरितका परियोजनाब्याक हुनुपर्छ। विकासको अधिकार भन्दापनिमानवअधिकार पहिले हुन्छ। जनतामाथि राज्यले सांघातिक हमला र बुट बजाउनपाउँदैन।’

पूर्व मिस नेपालमाल्भिका सुब्बाले मुन्धुमआफूहरुको सभ्यताभएको र आफूहरु प्रकृतिपूजकभएको भन्दै पाथीभरामा केवलकार बनाउननहुने धारणा राखिन्। उनले भने,‘हामी त प्रकृतिपूजकहौं। रुख, बोटबिरुवा हो पुज्छौं।मुक्कुम्लुङ हाम्रो पवित्रस्थलहो। विकास कस्तो हो? संस्कृतिमास्न मिल्छ ?हामी केवलकार चाहँदैनौं। बरु त्यहाँबाटो बनाउ।ताप्लेजुङमा बाटो बनाईदिनुहोस। शिक्षाबनाउनुहोस। अझैपनिगरिबी छ। हाम्रो कला, संस्कृतिमासिने डर छ। केवलकार बन्नुहुँदैन।’

यस्तै, निर्देशकनवीन सुब्बालेताप्लेजुङमा केवलकार बनाउननहुने धारणा राखे। उनले भने,‘अहिले जे काम भैरहेको छ, हाम्रो शीर टेक्ने काम भैरहेको छ। विकासको नाममाहाम्रोआस्थाप्रभावितभएको छ। हाम्रो लागि त केवलकार बन्नु भनेको हिन्दू धर्म मान्नेहरुलाई गाईको मासु खाउभनेसरह हो। विकासको नाममा धरोहर भत्काउनहुँदैन्। विकासले समाज फुटाउने कुरा स्विकार्य हुँदैन। बरु, जोड्ने कुरा हुनुपर्छ। सरकारको अहिलेको व्यवहारले राष्ट्रलाई द्वन्द्वमा धकेलिरहेको छ। केवलकार बनिनुहुँदैन्। त्यसबाट सेना, प्रहरी, सशस्त्र निकालिनुपर्छ। ताप्लेजुङलाई शान्त रुपमा रहन दिनुपर्छ।’

वातावरण संरक्षणविद् बाबुकृष्ण कार्कीलेजनतालाई दिएको सम्पत्तिमा राज्यजानु भनेको गलतभएको टिप्पणी गरे। सर्वोच्चअदालतले समेतनिरंकुक्ष, आरक्षण क्षेत्रमा सडक, केवलकार लैजानमिल्दैन भनेको कुरा उनले स्मरण गराए। उनले भने,‘यो केवलकार खारेजीको फैसलाहो। केवलकार मिसनमाव्यापारीलाई बोकेर नेपाली सेना हिँडेको छैन्। मौलाकालिकामा ८ किलोमिटरसम्म सालको रुख काटिएको छ।यिनीहरुले भोलिपाथीभरालाई नांगो बनाउनेछन्। केवलकार आयो भने डिजास्टर हुन्छ। मैले त केवलकार बनाउने कुरालाई एटम बमभनेको छु।’

वरिष्ठ पत्रकार भवानी बराललेअहिले माफियाको काँधमा चढेर मान्छेले गलतकामगरिरहेको टिप्पणी गरेका छन्। उनले भने,‘ती मान्छेले पैसाबाहेक केही देख्दैनन्। आस्था र विश्वासमाथिप्रहार गर्नु गलतहो। केवलकार देखिसकेका छौं। केवलकार बनाउँदा समृद्धि आउँछ भन्ने कुरा हावा कुरा हो। माफियाले आफू मोटाउनको लागिमात्रै केवलकार भनेको हो। ताप्लेजङको विकासमाकुनै असर गर्दैन्। व्यक्तिपोस्ने कामहो। एकमात्रै सुत्र केवलकार खारेजी हुनुपर्छ।’ राजनीतिकविश्लेषक प्रा.डा. सुरेन्द्र केसीले समेत आफ्नो धारणा राखेकाथिए। 

कार्यक्रम सञ्चालकपत्रकार विश्वलिम्बुले पनिपाथीभरामा केवलकार बनाउने कुरा मान्यनभएको भन्दै ऐक्यबद्धता जनाए।उनले ‘क बाट केवलकार, ख बाट खारेज, सरकार छातीमा गोली ठोकेर हाम्रो अस्तित्वलाई ढाल्न सक्दैनौं’ भन्ने नारासहितयही माघ २१ गते सोमबार दिउँसो १२ः३० बजे माइतीघर मण्डलमा कार्यक्रम राखिएको भन्दै भेलाहुनआग्रह गरे। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।