कोशी प्रदेशका ९ जिल्लामा बन्दको प्रभाव, सुरक्षा व्यवस्था कडा
झापा , माघ २० — मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले माघ २० र २१ गते कोशी प्रदेशका ९ जिल्ला— ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, र संखुवासभामा बन्दको घोषणा गरेसँगै विभिन्न स्थानमा यसको प्रभाव देखिएको छ।
बन्दलाई मध्यनजर गर्दै झापाको बिर्तामोडमा सुरक्षालाई कडा पारिएको छ। बिहानैदेखि प्रहरीले बाक्लो उपस्थिति जनाउँदै निगरानी गरिरहेको छ। यातायात, बजार, तथा शैक्षिक संस्थामा बन्दको असर देखिएको छ।
आज बिहानदेखि झापा लगायत मोरङ, सुनसरी, विराटनगर तथा पश्चिमतर्फ जाने सवारी साधनमा आंशिक रूपमा असर परेको छ। विभिन्न कारणले स्थानीय स्तरमा बन्दको माहोल सिर्जना भए पनि मुख्य राजमार्गमा फाट्टफुट्ट सवारी सञ्चालनमा छन्।
बिहानी सत्रका कलेज तथा विद्यालयहरू बन्द रहेको देखिए पनि दिवा सत्रका शैक्षिक संस्थाहरू सुचारु गर्ने तयारीमा छन्।


