नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको लक्ष्य, सीता एक्लैले लिईन् ५ विकेट

काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सबाट १४१ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन जोड्यो । नेदरल्याण्डस्का लागि ववितेडी लिडाले सर्वाधिक ४१ तथा हेटर साइग्रेसले २६ रन जोडिन् । फोवे मोल्कन्बरले र रोविना रिजर्कले समान २१ रन जोडे ।

बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट लिईन् । ३ ओभर फ्याँकेकी सीताले १२ रन दिएर ५ विकेट चट्काएकी हुन् । मनिषा उपाध्यायको नाममा दुई विकेट रहँदा कविता जोशी र इन्दू पर्माले समान १ विकेट लिए ।

जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो ।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।