प्रेस चौतारी धनकुटा र संखुवासभामा नयाँ नेतृत्व चयन

धनकुटा, २१ माघ । प्रेस चौतारी नेपाल धनकुटा र सङ्खुवासभाका अधिवेशन सम्पन्न भएका छन् ।
 
दुवै जिल्लामा आइतबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । 

प्रेस चौतारी नेपाल धनकुटाको १० औँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट नारायण राईको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको हो । 

समितिको उपाध्यक्षमा विश्वराज श्रेष्ठ, उपाध्यक्ष महिलामा कल्पना थापा, सचिवमा सन्तोष सुवेदी, सहसचिव खुल्ला तर्फ कल्पना तामांग, सहसचिव समावेसी तर्फ सष्टिका राई र कोषाध्यक्षमा प्रज्वल कट्टेल चयन हुनु भएको छ ।

त्यस्तै सदस्यमा अनिता राई, सिर्जना खुलाल, कविन्द्र भण्डारी,निशा थापा, तुलसा पौडेल, धनकुमारी राई,जनु तामांग, अनिसा रुचाल चयन हुनु भएको छ ।

केन्द्रिय प्रतिनिधिमा रमेशचन्द्र अधिकारी, भेषराज कट्टेल र गोमा ढुडगाना चयन हुंदा प्रदेश प्रतिनिधिमा रविन कट्टेल, रुपा वनेम र भिम मल्ल चयन हुनु भएका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको अधिवेशनको उद्घाटन कार्यक्रममा दुई जना पत्रकारसमेत सम्मानित भएका छन ।

कार्यक्रममा पत्रकार सोभिस चेम्जोङ र बलराम दाहाललाई पुरस्कृत सहित सम्मान गरिएको हो । 
 
जिल्लाका अध्यक्ष रविन कट्टेलले चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष शिव आङ्ला, प्रेस चौतारी नेपालका उपाध्यक्ष सुमन पुरी, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 
यसै गरी प्रेस चौतारी नेपाल सङ्खुवासभाको छैटौँ जिल्ला अधिवेशनले जनक चापागाईँको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 
 
उपाध्यक्षमा दिव्याकुमारी राई, सचिवमा रमा चाम्लिङ र सहसचिवमा देशन राई निर्वाचित हुनुभएको छ । अधिवेशनबाट कोषाध्यक्षमा कल्पना सुवेदी पौडेल निर्वाचित भएकी छिन् । अधिवेशनबाट सदस्यमा सुमिता याक्खा, प्रकाश तामाङ, स्वस्तिका राई, मर्कुस राई, कञ्चन राई, विकास बिक, मङ्गल मेवाहाङ र मोतीराम भण्डारी निर्वाचित हुनुभएको छ । 
 
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा गङ्गा विष्ट, प्रेमप्रसाद निरौला र यमुना गुरागाईँलाई चुनेको छ । प्रदेश प्रतिनिधिमा दुर्गाबहादुर कटुवाल, समीक्षा मगर लगायत निर्वाचित गरेको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖