प्रतिनिधिसभा बैठकमा अध्यादेशलाइ निर्णायार्थ पेश गरिने

काठमाडौं, २४ माघ । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

 

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेहरू निर्णायार्थ प्रस्तुत हुनेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

 

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ र ‘आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन’ पेश गर्नेछन । 

 

साथै, राज्य ब्यवस्था तथा सुशाषन समितिकाका सभापति रामहरी खतिवडाले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्नेछन् । 

 

संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको बार्षिक प्रतिवेदन, २०७९÷८० पेश गर्ने’ कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

उता, उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध बार्षिक मुल्याङकन प्रतिवेदन’ पेश गर्नेछन् ।

 

साथै, आजको बैठकमा त्यसो त सरकारले हालै जारी गरेका अध्यादेशहरू पनि निर्णयार्थ प्रस्तुत हुने भएको छ । 

 

जसअनुसार “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖