३५ वर्षमा कांग्रेस-एमालेले देशको विकासका लागि कतिपटक अध्यादेश ल्याए? : प्रचण्ड

काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले नै संसदलाई अवमूल्यन गरेको आरोप लगाएका छन्। उनले सरकारले संसदलाई छल्न खोजेको समेत आरोप लगाए।

बिहीबार संसदमा विशेष समय लिएर बोल्दै दाहालले सरकार संसद अधिवेशनबाट मात्र पन्छिएको मात्रै नभएर अध्यादेश ल्याएर सार्वभौम संसदको उपेक्षा गर्न अग्रसर भएको बताए।

‘पछिल्लो ३५ वर्ष कांग्रेसले १२ पटक, एमालेले सात पटक सरकार चलाएको देखिन्छ, देशको विकास छ दिन ढिलो हुने भो भनेर ल्याउनुभएको हो अध्यादेश? ३५ वर्षसम्म त देशको विकासका लागि ल्याउनुभएन, चमत्कार गर्न खोज्नुभएको हो?,’ उनले प्रश्न गरे।

रातारात अध्यादेशको चोरबाटोले भन्छ सत्तापक्षको नियत सही छैन भन्ने देखाएको दाहालले बताए। ‘बलियो सरकारको अहंकार सुन्नुपरेको छ, शासन अध्यादेशबाट गर्न खोज्ने?,’ उनले भने।

सरकारको अविश्वास विपक्षी सांसदले मात्र नभएर सत्तापक्षकै सांसदबाट अभिव्यक्त भएको उनले दाबी गरे।

‘विकासको लागि हुन्थे भने संसदीय दलमा भएका ठूला विधेयकमा छलफल गर्न सरकार किन डरायो? स्वार्थ समूहलाई पोस्नुपर्ने भएरै अध्यादेश ल्याएको हो भनेर किन आरोप नलगाउने?,’ उनले प्रश्न गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।