‘भ्यालेन्टाइन्स डे’ मा फिदिममा अहिले सम्मकै ठुलो कन्सर्ट हुदै

काठमाडौं । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम हुने भएको छ ।

हेल्प टुगेदर फाउन्डेसन (एचटीएफ) फिदिमको आयोजनामा हुने उक्त कार्यक्रममा लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले प्रस्तुती दिने भएको हो ।

फाल्गुन २ गते शुक्रबार अर्थात भ्यालेन्टाइन्स डेको अवसरमा फिदिम मावि को चौरमा हुने उक्त सांगीतिक कार्यक्रमको लागि अहिले स्टेज बनाउने काम भैरहेको र फिदिममा अहिले सम्मकै ठुलो कार्यक्रम भएकाले साउण्ड सिस्टम र लाइटहरु धरान ,विराटनगर देखि ल्याउन लागिएको आयोजकले जानकरी दिए ।

गत हप्ता मात्रै भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य साङ्गीतिक प्रस्तुति दिएको मन मगन गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले भब्य सांगीतिक प्रस्तुति दिन लागेको हो।

कार्यक्रममा आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गरिने ब्याण्डले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।