सरकारसँग कुरा मिलेन : ‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन घोषणा

काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरामा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले आन्दोलनलाई निरन्तरता दिने भएको छ । सरकारको सहसचिवस्तरीय वार्ता टोलीबाट समस्या समाधान नभएको भन्दै उनीहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् ।

त्यस्अनुसार फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गरिने भएको छ । केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्ने पनि उनीहरुले जनाएका छन् ।

सरकारसँग माघ २२ गते भएको ६ बुँदे सहमतिको इमान्दारीसाथ कार्यान्वयन नभएको आन्दोलनकारीको भनाइ छ । वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको भन्दै उनीहरुले सरकार निर्णायक वार्ता समिति बनाउन इच्छुक नदेखिएको आरोप लगाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।