मौलापुर मधानी महोत्सवको तयारी तिब्र, बलिउड देखी नेपाली कलाकारको जमघट

सञ्जय मिश्रा/रौतहट, ३ फागुन। रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजना गरिएको छैटौं मधानी महोत्सवको तीब्र रुपमा तयारी भईरहेको छ।

 

महोत्सवमा बलिउड देखि नेपाली कलाकारहरुको घुँईचो देखिने भएकाे छ ।

 

मौलापुर पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदासूचीमा सूचीकृत गराउन मौलापुर नगरपालिकाद्वारा २०७६ साल देखी प्रत्येक वर्ष मधानी महोत्सवको आयोजना हुँदै आएको छ। विगतको जस्तै यो वर्ष पनि महा शिवरात्रीको अवसरमा यही फागुन ११ गतेदेखि १५ गतेसम्म हुने मधानी बिशेष महोत्सव लाई पूर्ण सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न समिति उपसमिती गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।

पतौरास्थित उत्खननबाट निस्किएको धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउने संकल्पसहित हुन लागेको मधानी महायज्ञको तयारी तीव्ररुपमा अगाडि बढाइएको मेयर रिनाकुमारी साहले बताएकी छिन्। मधानी महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न मेला आयोजक मूल समिति संयोजकको जिम्मेवारी मेयर साहलाई दिइएको छ।

 

पुरातात्विक महादेव मन्दिर उत्खनन पछि पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको सल्लाह अनुसार आयोजित मधानी महोत्सवको पहिलोपटक २०७६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भन्डारीबाट उदघाटन भएर सुरुआत भएको थियो। मधानी महोत्सव छैटौँ संस्करण २०८१ मा यस पटक आयोजना हुँदैछ । मौलापुर नगरपालिकामा लगातार दोस्रोपटक मेयरको जिम्मेवारि पाएकी रिना कुमारी साहले मधानी महोत्सवलाई नगरको प्रमुख पर्यटकीय तथा सांस्कृतिक कार्यक्रमको रुपमा राख्दै आएकी छिन्।

 

संघीय संसद प्रभु साहले महोत्सवका सन्दर्भमा मेयर साहसँग महोत्सवको विभिन्न पक्षमा जानकारी लिएका छन्।  महा शिवरात्रीको अवसरमा शिव-पार्वतीको बिवाहोत्सवको रुपमा मनाउन मेयर साहको अध्यक्षतामा १०१ सदस्यीय मधानी महायज्ञ मूलसमिति  गठन भएको छ ।

 

यसैगरी लखिन्द्र साहको संयोजकत्वमा काँवरिया तथा पूजा अनुष्ठान समिति, त्रिभुवन साहको संयोकत्वमा शिवजी बारात यात्रा समिति, नगरका प्रमुख प्रशासकीय अधिकृत रामबाबुप्रसाद साहको संयोजकत्वमा टेन्ट, खेलतमासा तथा नाचगान व्यवस्थापन समिति, ठागा दासको संयोजकत्वमा घेराबेरा तथा मञ्च व्यवस्थापन समिति, मनोजप्रसाद यादवको संयोजकत्वमा दङ्गल प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएको छ।

 

त्यस्तै सुनिल साहको संयोजकत्वमा सरसफाई समिति, सरेशप्रसाद यादवको संयोजकत्वमा जग्गा वितरण समिति, जयप्रकाश महतोको संयोजकत्वमा सजावट समिति, उपमेयर नागेन्द्रप्रसाद यादवको संयोकत्वमा अतिथि सत्कार समिति, राजेश रौनियारको संयोकत्वमा खानेपानी तथा शौचालय व्यवस्थापन समिति, रानी साहको संयोजकत्वमा प्रचारप्रसार समिति, अच्छेलाल साहको संयोजकत्वमा स्वास्थ्य शिविर समिति, बालाशंकर कुशवाहाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, रामपुकार साहको संयोजकत्वमा आरती समिति, तेजनारायण साहको संयोजकत्वमा पञ्चकन्यातर्फको समिति, गणेश पटेलको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति र विवेक साहको संयोजकत्वमा मेस सञ्चालन समिति गठन भएको छ ।

 

अागामी ११ गते देखी सुरु भईरहेको मधानी बिशेष महोत्सवको अवसरमा हिन्दी, भोजपुरी फिल्मका चर्चित बलिउड कलाकार एवं सांसद रवि किशन, भोजपुरी फिल्मका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, महाकुम्भकी भाईरल गर्ल मोनालिसा,भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे लगायत चर्चित भारतीय कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यसैगरी नेपाली कलाकार तर्फको गायिका अनु चौधरी, तथा कलाकार सदाम हुसेन, रचना सिवाकोटी, रुद्र नारायण तिवारी, प्रीति पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राईसहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको सहभागिता रहने छ ।

 

यस पटक आयोजना भईरहेको महोत्सवको प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका मुखयमन्त्री सतीश कुमार सिंह रहने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ। महोत्सवमा १० देखि १२ लाख श्रद्धालु अवलोकन गर्न मौलापुर पतौरा आउने विश्वास आयोजकले गरेको छ ।
मेलामा आउने भक्तजन तथा श्रद्धालुको सुरक्षाका लागि सैयौं स्वयं सेवक , ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने आयोजकले जनाएको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।