जनमत नेताको हतियार प्रदर्शन, प्रहरीले थाल्यो अनुसन्धान

सञ्जय मिश्रा/रौतहट, ४ फागुन। सिके राउत नेतृत्वको जनमत पार्टी रौतहटका ईन्चार्ज शेख जमशैदलगायतका नेताहरुले सामाजिक सञ्जालमा हतियार प्रदर्शनको विषय चर्चाको विषय बने पछी उनीहरूको लागी भारी बन्दै गएको छ। 

बन्दुक प्रदर्शन बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष पूर्वमन्त्री अब्दुल खानसहित केही नेता र जिल्ला इञ्चार्ज जमसेदले शनिवार गरेको हतियार प्रदर्शन बारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढे लगतै छानबिन प्रक्रिया सुरु गरेको बताएका छन्। जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ सुरू गरिएको छ । 

छानविनको क्रममा हतियार सरकारबाट ईजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवैजना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्। ‘तत्कालका लागि हतियार र मानिसलाई जिल्ला अध्यक्ष जमशैदको जिम्मा लगाएर पठाएको छु, अब उपरान्त प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको निर्देशनअनुसार हुने जानकारी दिएका छौं’ उनले भने । 

उता प्रजिअ रेग्मीले प्रहरीले सुरु गरेको अनुसन्धान पूरा भएपछी उचित सुझाव दिने बताएका छन्।
उपाध्यक्ष अब्दुल खान गौर नगरपालिका सबगढा गाउँ स्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए । सोही क्रममा दुई जना मानिसले ठूलो बन्दुक बोकेको र खान संगै जमशैद सोफामा बसेका थिए । उनकै घरको प्राङ्गणमा नेताहरु घुमि रहँदा दुवै जना मानिस हतियार बोकेर संग संगै हिँडेका थिए।
जनमत इञ्चार्ज जमसेदले उक्त भेटघाटको फोटो र भिडियो आफ्नै आइडी बाट सनिवार सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए। यसरी खुलेआम हतियार प्रदर्शन गरेको भनेर सामाजिक सञ्जालमा ब्यापक आलोचना सुरु भएपछि जमशैदले उक्त फोटो र भिडियो सामाजिक सञ्जालबाट हटाएका थिए ।
सर्वसाधारणले यसरी हतियार प्रदर्शन गर्दा कार्वाही हुने र सता पक्षका नेताले त्यहि गर्दा कार्वाही हुने की नहुने जान्नको लागी रौतहट बासी प्रक्तिक्षारत देखिएका छन्

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।