धनकुटाको धार्मिक पर्यटकीय स्थल विश्रान्तीमा शिवमहापुराण सुरु
धनकुटा, ४ फागुन । धनकुटाको पर्यटकीय तथा धार्मिक स्थलका रुपमा रहेको मुलघाटमा आज आइतबार बाट शिवमहापुराण सुरु गरिएको छ ।
पुराण तपाईंको संयोजन विश्रान्तिको भन्ने नाराका साथ विश्रान्ति मन्दिर परिसरमा सुरु भएकोे उक्त धार्मिक अनुष्ठानको पहिलो दिन धनकुटा नगरपालिकाको नर्बदेश्वर शिवालय बाट कलश यात्रा निकाली नगर परिक्रमा गरिए संगै मुलघाटमा पुगेर परमादरणीय जगतगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहन शरण देवचार्य महाराज बाट उद्घाटन गरे संगै शिवमहापुराण औपचारीक रुपमा सुरु भएको हो ।
आफ्ना पितृको उद्धार, धार्मिक पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने उद्धेश्यका साथ सुरु गरिएको महाप्ुराण फागुन १५ गते सम्म संचालन हुने छ । धनकुटा सहित विभिन्न जिल्लाका भक्तजनहरु उत्साह र श्रद्धाका साथ यस कार्यक्रममा भाग लिने विश्वास विश्रान्ति मन्दिर व्यवस्थापन समितिको रहेको छ ।
विश्रान्तीमा यस प्रकारको शिवमहापुराण लगायन लागिएको पहिलो पटक हो । यहाँ विश्रान्ती बृद्धाश्रम समेत सचालनमा रहेको छ ।


