प्रतिनिधिसभा बैठकमा सांसदहरूले के भने ?

काठमाडौं, ५ फागुन । प्रतिनिधिसभा बैठक सोमबार संघीय संसद् भवनमा जारी छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले आफ्नो भनाइ राखिरहेका छन् । 

सभामुख देवराज घिमिरेले सबै सांसलाई एक एक मिनेटको समय बोल्न दिएका छन् । बैठकमा एमालेले सांसद रघुजी पन्तले प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघु पन्तले दुई सदनबीच द्वन्द्व उत्पन्न हुने काम कसैले गर्न नहुने बताए ।

उनले भने, ‘प्रतिनिधिसभामा एकजना सांसदको टिप्पणीलाई लिएर राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको छ । हामी कसैले कसैलाई दोष नदिऔं, दुवै सदनबीच द्वन्द्व हुने काम नगरौं । राष्ट्रियसभा भनेको वृद्धाश्रम होइन ।’ राष्ट्रियसभालाई वृद्धाश्रम भनेर आलोचना गर्न नमिल्ने तर्क गरे । उनले सांसदको टिप्पणीलाई लिएर राष्ट्रियसभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताए ।

एमाले सांसद सूर्य थापाले प्रधानमन्त्रीलाई हिटलर भनेकोमा आपत्ति जनाएका छन्। आइतबारको संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले ओलीलाई ‘तपाईं हिटलर हो?’ भन्दै गरेको प्रश्नप्रति थापाले सोमबारको संसद् बैठकमा आपत्ति जनाएका हुन्। थापाले नेपालको संविधानले बनाएको व्यक्ति ‘को हिटलर हुन्छ ? भन्दै प्रश्न पनि गरे।

एमाले सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य बढेकोमा चिन्ता व्यक्त गरे । गत साउनमा पौने पाँच सय बोरामा पाइने सिमेन्ट अहिले सात सय ७५ रुपैयाँ पुगेको बताए । उनले सिमेन्टको भाउ बढ्दा २२ अर्ब व्यवसायीलाई र उपभोक्तालाई चार अर्ब घाटा पुगेको बताए । 

कांग्रेस सांसद राजेन्द्र केसीले सिमेन्टको मूल्य बढ्दा निर्माण संरचनामा असर गरेको बताए । कांग्रेस सांसद रमा पौडेल कमसल रेगुलेटरको अनुगमन गर्न माग गरिन् । उनले कमसल रेगुलेटरकै कारण देशव्यापी रूपमा  आगलागीका घटना भएको बताइन् ।

सांसद रञ्जु झाले पछिल्लो समय अदुवा र लसुनको तस्करी भएकोमा आपत्ति जनाइन् । उनले लसुन र अदुवा कहाँबाट आउँछ र कहाँ जान्छ ? भन्दै प्रश्न गरिन् । 

माओवादी सांसद रणेन्द्र बराली दलितमाथि गरिएको दमनको विरोध जनाए । उनले आइतबार सांसद प्रभु साहको प्रश्नको जवाफ प्रधानमन्त्री केपी ओलीले किन नदिएको भन्दै विरोध जनाए । 

सांसद रामप्रकाश चौधरी सर्लाहीको सागरनाथ वनको ११ सयभन्दा बढी हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।