नेपाल नागरिकता दोस्रो संशोधन विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौं, ५ फागुन । प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पेस गरेपछि सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। बहुमतले सदनले स्वीकृत गरेको हो ।

विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने छन् । अहिले सांसदहरूले विधेयकमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ । अहिलेसम्म सांसद श्यामकुमार घिमिरे, योगेश भट्टराई, चन्दा कार्की, विराजभक्त श्रेष्ठ, रामहरि खतिवडालगायतले आफ्नो धारणा राखिसकेका छन् । 

आइतबार गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए। तर गणपूरक संख्या नभएकाले निर्णयार्थ पेस हुन सकेन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।