फिदिम पछि सुन्दरहरैँचामा गुन्जिए दीपक बज्राचार्य

काठमाडौँ। ‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिममा भब्य सांगीतिक प्रस्तुती दिएको गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले त्यसको दुई दिन पछि आइतबार राति मोरङ जिल्लाको सुन्दरहरैँचा स्थित विराटचोकमा अर्को धमाकेदार सांगीतिक प्रस्तुति दिएको छ ।

विराटचोकमा संचालन भैरहेको ‘विराट एक्स्पो’को पाचौ दिन लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले करिब २ घण्टा सम्म आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गर्दै दर्शकलाई मनोरन्जन गराएको हो ।

करिब दश हजार भन्दा बढी दर्शकमाझ राति ९ बजे सुरु भएको कार्यक्रममा ‘‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेको ब्याण्डले ११ बजे सम्म ननस्टप दर्शकको हुटिंग खादै आफुलाई निरन्तरता दिएको थियो ।

बज्राचार्य उपस्थित कन्सर्ट हेर्न सदरमुकामसँगै ग्रामीण क्षेत्रबाट अधिकांश युवा युवती भेला भएका थिए । सार्वजनिक शौचालय निर्माणको लागि रकम जुटाउन यो एक्स्पो गरिएको सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।