जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी प्रथम

रौतहट – रौतहट जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी यादव प्रथम भएकी छिन्। राजदेवी मिडिया सेन्टरले आयोजना गरेको १२ औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा बुधबार उनी प्रथम भएकी हुन्।

प्रतियोगितामा प्रथम राजदेवी नगरपालिकामा-६ की रानीकुमारी यादव, दोस्रो स्थानमा वडा नम्बर २ की सन्जनी कुमारी यादव र ६ नम्बर वडाकी रविनाकुमारी साह तेस्रो भएको आयोजक मिडिया सेन्टरका अध्यक्ष रामपुकार राउतले बताए।

बुधबार एक समारोहको आयोजना गरी प्रमुख अतिथि मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले महिला साइकल दौड प्रतियोगितामा प्रथम रानीकुमारी यादवलाई ५० हजार, दोस्रो भएकी सन्जनी कुमारी यादवलाई ३० हजार, तेस्रो रबिना साहलाई २० हजार रुपैयाँको  चेक हसतान्तरण गरे।

कार्यक्रममा प्रदेश सभामुख मण्डलका साथै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजयकुमार गुप्ता, केन्द्रीय लेखा आयोग सदस्य राजकिशोर यादव, प्रदेश सांसद नागेन्द्र साहलगायतको सहभागिता रहेको थियो।

फाइनल प्रतियोगितामा सहभागी सबै १५ जना बालिकाहरूलाई प्रोत्साहन स्वरूप साइकल प्रदान गरिएको आयोजकले बताएको छ।

महिला सशक्तिकरणका लागि राजदेवी मिडिया सेन्टरले २०६८ सालदेखि प्रत्येक वर्ष महिला साइकल दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ। कोरोना कालमा भने यो प्रतियोगिता भएको थिएन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖