हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलन हुन लागेकामा खुसी प्रकट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना हुने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ को आयोजक समिति र सल्लाहकारसहितको परामर्श बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपाली जग भएको बताएका हुन्।

उनले यसै हिमवतखण्ड भूखण्डबाट ज्ञान, योग र दर्शनको प्रादूर्भाव भएको प्रसङ्ग उल्लेख गर्दै धर्तीको यो भूभाग त्रेतायुगदेखि नै औषधि विज्ञानसम्मको आरम्भ भएकाले यसको गौरवलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिए।

आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौंमा हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरुको सहभागिता रहनेछ। यसअघि २०७६ मा काठमाडौंमा यस प्रकारको पहिलो सम्मिलन भएको थियो।

सम्मेलनमा सिक्मिका पूर्व मुख्यमन्त्री एवं साहित्यकार पवन चाम्लिङले नेपाली भाषाको अन्तर्राष्ट्रिय आयमबारे प्रचवन दिने छन्। कार्यक्रमको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट र समापन प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट हुनेछ। 

सम्मेलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखड बृहत सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवत खण्डका क्षेत्रका कविहरुको काव्य उत्सवसमेत हुनेछ। सम्मेलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सातै प्रदेशका विद्वानले गोष्ठीपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

बैठकमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिहरू वैरागी काईंला, गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, सम्मेलनका सल्लाहकार डा केशवप्रसाद सुवेदी, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, साहित्यकार डा तुल्सीप्रसाद भट्टराई, संस्कृतिविद् डा वीणा पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीगायत सहभागी हुनेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।