प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा माओवादीनिकट कर्मचारी संगठन विजयी भएको छ ।

शुक्रबार सम्पन्न निर्वाचनमा माओवादीनिकट कर्मचारी संगठनले २०२ मत ल्याएर विजयी भएको हो । ई. सुभाष कोइरालाको नेतृत्वको सङ्गठन विजयी भएको हो । 

त्यस्तै नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघले  १९४ मत प्राप्त गर्दै दोस्रो भएको छ भने नेकपा एमाले निकट  कर्मचारी संगठनले १५३ मत प्राप्त गरेको छ ।

यस चुनावमा गणेश प्रसाद भुसालले कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघको नेतृत्व गरेका थिए भने मीन प्रसाद खनालले नेकपा एमाले निकट कर्मचारी सङ्गठनको नेतृत्व गरेका थिए । 

२२ वटा मतदान केन्द्र भएको मतदानमा ५८६ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।