काकुको परान पाख्रीबासमा
धनकुटा । धनकुटाको सुन्दर पर्यटकिय नगरी पाख्रीबासमा चलचित्र परानको छायांकन भइरहेको छ ।
पाख्रीबास स्थित संसारी माइ सिमसार क्षेत्रमा आज परानको छायांकन हुंदैछ ।
‘परान’ टेलिभिजन श्रृंखला ‘सक्किगोनि’का कलाकार दीपक आचार्य ‘काकु’ले कथा,लेखन तथा निर्देशन गरेका छन् भने यो चलचित्र निर्मातामा शेखर गोल्छा,रञ्जित आचार्य रहेका छन् ।
चलचित्रमा कलाकार नीर शाहको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारमा मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धी तामाङ, यमन श्रेष्ठ, बबिन राई र आर्यदीप आचार्य लगायतको अभिनय रहेको छ भने चलचित्र बाइस्कोप सिनेमाको व्यानरमा निर्माण भइरहेको छ ।
चलचित्र परान बारे के भन्छन् निर्देशक आचार्य ? हेर्नुहोस् भिडियोमा –


