यी हुन् पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-६ को फाइनलमा प्रबेश गरेका प्रतियोगी
धनकुटा । रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लि र टिन्स क्रिउ डान्स सेन्टर धनकुटाद्धरा आयोजना गरिने पूर्वाञ्चल गट ट्यालेन्ट २०८१ सिजन ६ को अन्तिम चरणमा प्रबेश गरेका प्रतियोगिहरुको नाम सार्बजनिक गरिएको छ ।
नृत्य तर्फ ९ प्रतियोगिहरु फाइनलमा प्रबेश गरेका छन् । जस अनुसार श्रेना मगर(झापा),प्रिन्सा खत्री(सुनसरी),असुसा-आयुसा(भोजपुर),एक्सप्रेस कृउ(इलाम),बर्खा-अमिसा(धनकुटा),बर्षा राई(इलाम),हिरा भट्टराई(सुनसरी),आशिका कटुवाल(धनकुटा र सन्ध्या रत्ने(सुनसरी) रहेका छन् ।
त्यसैगरि गायन तर्फ १० प्रतियोगिहरु फाइनल चरणमा प्रबेश गरेका छन् । जस अनुसार कमल राई(संखुनासभा),सिन्ध्या राई(खोटांग),बिनोद बिक्रम राई(सोलुखुम्बु),आयुष्मा लिम्बु(मोरंग),क्षितिज मगर(सुनसरी),विपिन विश्वकर्मा(धनकुटा),माइकल राई(धनकुटा),दिनेश भारती(पांचथर),श्रेया आचार्य(भोजपुर) र सेन्मिहांग लिम्बु(तेह्रथुम) रहेका छन् ।
प्रतियोगिताका दुवै विद्याका प्रथम हुनेले नगद ५ लाख नगद , ५ लाख बराबरको जीवन बिमाको १ प्रिमियम, ट्रफि,गिफ्ट ह्यामपर प्रदान गरिने आयोजकले जनाएको छ ।

Screenshot

Screenshot


