प्रधानमन्त्री ओलीले गरे प्रकृतिका आमाबाबुसँग कुराकानी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति लम्सालका आमाबाबुसँग कुराकानी गरेका छन् । 

एमाले नेता महेश बस्नेतले भैरहवास्थित घरमा पुगेर उनका बुबाआमा र परिवारसँग भेटी समवेदना व्यक्त गर्दै उनले प्रकृतिका बुबाआमाको प्रधानमन्त्री ओलीसँग गराएका हुन्।

सो कुराकानीमा प्रधानमन्त्रीले घटनाको समग्र विषयमा थप जानकारी लिँदै न्यायका लागि पहल गर्ने र अपराधमा संलग्नलाई कारबाही गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले यो घटनामा निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको बताए । 

उनले भने, ‘यो खबर सुनेर मलाई निकै दुख लागेको छ। हामी सबैलाई दुखी बनाएको छ। भएर गएको घटनालाई फर्काउन सकिँदैन । नहुनुपर्ने घटना भयो । हामीले धैर्य गरेर यसको सामना गर्नुपरेको छ । छानबिन पनि भइरहेको छ ।’

कुराकानीका क्रममा प्रकृतिका बुवा सुनिल लम्सालले सरकारले पहल गरिरहेको भन्दै विदेश पढ्न जाने अन्य विद्यार्थीले भविष्यमा यस्तो पीडा भोग्न नपरोस् भनेर ध्यान दिनुपर्ने बताए । सुनिलले भने, ‘हाम्रो त घटना भइसक्यो। त्यहाँ धेरै नेपालीका छोराछोरी छन्। आगामी दिनमा यस्ता घटना नहुन्। सरकारले पनि यसमा पहल गरोस्। घटना भइसक्यो, दुर्घटना भइसक्यो ।’

जवाफमा प्रधानमन्त्री ओलीले यो प्रकरणलाई सरकारले सुरुदेखि नै गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रकृतिलाई न्याय दिलाउन प्रतिबद्ध रहेको बताए ।

ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत प्रकृति लम्साल फागुन ४ मा मृत फेला परेकी थिइन् । यो घटनामा संलग्न भएको आरोपमा ओडिसा प्रहरीले भारत उत्तर प्रदेशका एक विद्यार्थीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । त्यस्तै नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गरेको दुर्व्यवहारको भारतमै चर्को विरोध भएपछि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई अध्ययनमा फर्किन आग्रह गरेको छ । यो घटनापछि दुई सयभन्दा बढी विद्यार्थी स्वदेश फर्किएका छन् । कीट विश्वविद्यालयमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
  

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।