कोशी बुद्धिचालमा सिएम शुश्रुत दहाल, प्रकाश नेपाल र धिरेन राईको संयुक्त अग्रता

विराटनगर,१५ फागुन । प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भइरहेको चस प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दहाल, प्रकाशचन्द्र नेपाल र धिरेन राईले समान ४ दशमलव ४ अंक जोडेर संयुक्त अग्रता लिएका छन्।

बिहिवार सम्पन्न पाँच चरणको खेल पश्चात् झापाका २०२१ रेटेड शुश्रुतले टाइब्रेकर १७.५ प्वाइन्ट आधारमा शीर्ष स्थान कब्जा गर्न सफल रहे।

प्रतिस्पर्धामा झापाका परिचित १९३२ रेटेड खेलाडी प्रकाशचन्द्र नेपाल १६ टाइब्रेकर बुकोल्ज्स् प्वाइन्टका आधारमा दोश्रो र खोटाङका १८८७ रेटेड धिरेन राई १६ प्वाइन्ट बोकेर तेस्रो स्थानमा रहन सफल भएका छन्।

विराटनगर स्थित मारवाडी सेवा सदनको सभाकक्षमा सञ्चालित कडा स्पर्धामा नौ जना राष्ट्रिय खेलाडीले समान ४-४ अंक जोडेर टक्कर दिइरहेका छन्।

जसमा सुनसरीका १८३७ रेटेड हिमाल राई, अनरेठेड खेलाडी इमेश नेपाल, झापाका १९८२रेटेड राजन सुवेदी, सुनसरीका १९१५ रेटेड प्रज्वल घिमिरे, १८८० रेटेड राजेन्द्र राई, अनरेटेड आयान श्रेष्ठ, पाँचथरका १९२२ रेटेड रिसोन थापा, मोरङका १८८२ रेटेड तिर्थराज सुब्बा र झापाका १८११ रेटेड मिशन दहालले शीर्ष खेलाडीलाई पछ्याउँदै अगाडि बढिरहेका छन्।

झापा जिल्ला बुद्धिचाल संघको आयोजनामा चलेको बुद्धिचाल खेलमा ३ दशमलव ५ अंक बनाएर पाँच जना खेलाडीले उपाधिको सम्भावना जगाइरहेका छन्।

यिनमा ईलामका १७७६ रेटेड सुरेन्द्र कुमार राई, सुनसरीका १८९६ रेटेड बिष्णु लिम्बू, मोरङका १८६५ रेटेड लोक सागर साम्बा, सुनसरीका १८२८ रेटेड चुडामणि कुलुङ राई र झापा जिल्लाका १७६६ रेटेड वसन्त लामा रहेका छन्।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा प्रत्यक्ष प्रसारित खेल मार्फत कोशी प्रदेशका ८२ जना खेलाडी सहभागी मध्ये दोस्रो दिन २० जना खेलाडीले समान ३-३ अंक जोडेका छन्।

प्रतियोगिता संयोजक धरम बहादुर लामाका अनुसार कोशी प्रदेशका २९ जना खेलाडीले कूल नगद पुरस्कार रु. २ लाख १ हजार प्राप्त गर्ने स्पर्धामा पहिलो हुनेले नगद रु. ५० हजार, आकर्षक ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र हात पार्ने छन्।

यस्तै दोश्रो स्थान प्राप्त गर्नेले रु.२५ हजार, शिल्भर मेडल र प्रमाणपत्र ग्रहण गर्ने छन् । तृतीय हुने खेलाडीले ब्रञ्ज मेडल सहित रु. १५ हजार, चौथोले १० हजार र बाकी दशौं स्थानमा रहनेले समान जनही रु. ५-५ हजार पाउने छन्।

प्रतियोगिताका प्रमुख निर्णायक भुपेन्द्र निरौलाले दिएको जानकारी अनुसार छैटौं चरणको खेल प्रकाशचन्द्र नेपाल र धिरेन, तिर्थराज ससब्बा र सिएम शुश्रुत दहाल, राजेन्द्र राई र पूर्व नेपाल च्याम्पियन राजन सुवेदी, रिसोन थापा र इमेश नेपाल, आयान श्रेष्ठ र प्रज्वल घिमिरे, हिमाल राई र मिशन दहार विच हुने छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।